फित्काैली डटकमनिबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार
विर्तामोडमा आयोजित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष उमा ओलीले तथा प्रमुख आतिथ्य प्रा.डा.रेशबहादुर बस्नेतले गर्नुभएको थियो ।

झापा । नीता भेटवाल प्रतिष्ठानले आयोजना गरेको सामुदायिक माध्यमिक विद्यालयस्तरीय “वर्तमान अशान्त विश्वमा बुद्धका उपदेशहरुको सान्दर्भिकता” विषयमा गरिएको निबन्ध लेखन प्रतियोगितामा सम्पन्न भयाे ।
प्रतिष्ठानका तर्फबाट ‘आदर्श व्याङ्क्वेट’ विर्तामोडमा आयोजित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष उमा ओलीले तथा प्रमुख आतिथ्य प्रा.डा.रेशबहादुर बस्नेतले गर्नुभएको थियो ।
प्रा.डा.सन्ध्या बस्नेत, वरिष्ठ अधिवक्ता लीला उदासी, संविधानसभा सदस्य हरिचरण शिवाकोटी, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, साहित्यकार पुण्यप्रसाद खरेल, विष्णुकुमार भट्टराई, केशव आचार्य, मेची वहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य, विर्तामोड नगरका वार्ड नं.६ अध्यक्ष सूर्य कन्दङ्वा, जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ, ९३ वर्षीय देवीप्रसाद ओली, नीता भेटवालका दिदीहरु कमला प्रसाईं, सुशीला प्रसाई आदिंलाई मञ्चासिन गराएर कार्यक्रम अघि बढ्यो ।
मेची वहुमुखी क्याम्पस पूर्वप्रमुख कमल गुरागाईंद्वारा स्वागत तथा प्रतिष्ठानका सचिव माधव विद्रोहीद्वारा संचालन भएको कार्यक्रममा नीता भेटवाल तथा यस प्रतिष्ठानबारे रामचन्द्र सिटौलाले जानकारी गराउनु भयो ।
प्रतियोगीहरुका निबन्धको मूल्याङ्कनलाई निष्पक्ष र प्रभावकारी बनाउन गरिएको शैलीबारे मूल्याङ्कन टोलीका नेता होम सुवेदीले प्रकाश पार्नुभयो । त्यसपछि प्रतियोगीहरुलाई पुरस्कृत गर्ने काम यो ।
झापाका ५ क्षेत्रका सहभागीमध्ये हरेक क्षेत्रका उत्कृष्ट ३ प्रतियोगी छानेर ती उत्कृष्ट १५ जनामध्ये ३ जना प्रथम, द्वितीय तथा तृतीय छनोट गर्दा १२ जनाले उत्कृष्ट भएवापत जनही रु ७,०००।– र प्रमाणपत्र तथा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ७०,०००।–, रु ५०,०००।– तथा ३०,०००।– राशि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कृत प्रतियोगीहरुमा – १. प्रथम : सिमरन पौडेल सरस्वती मा.वि., वुद्धशान्ति, २. द्वितीय : सफलता फुयाँल वीरेन्द्र मा.वि. चन्द्रगढी, ३. तृतीय : यमन नेउपाने स्कुलचन मा.वि., गौरादह, ४. उत्कृष्ट : आयुष्मान नेउपाने हल्दीबारी मा.वि. हल्दीबारी, ५. उत्कृष्ट : ओती आङ्देम्बे लक्ष्मीनारायण मा.वि. शिवसताक्षी, ६. उत्कृष्ट : जेनिसा लुईंटेल डोरामारी मा.वि. गौरादह, ७. उत्कृष्ट : नाभिया श्रेष्ठ सरस्वती मा.वि., भद्रपुर, ८. उत्कृष्ट : निशा योञ्जन तामाङ कमल मदनआश्रित मा.वि. कमल गाउँपालिका, ९. उत्कृष्ट : रमेश अधिकारी सरस्वती बालकल्याण मा. वि. मेचीनगर १२, १०. उत्कृष्ट : लोला तामाङ जनता मा.वि., झापा शरणामती रहेका छन् ।
त्यसै गरी ११. उत्कृष्ट : विनिसा पौडेल सिंहदेवी मा.वि., कनकाई ५, १२. उत्कृष्ट : सचिका राजवंशी ज्यामिरगढी मा.वि., मेचीनगर, १३. उत्कृष्ट : साजन मगर कविशिरोमणि मा.वि. मेचीनगर, १४. उत्कृष्ट : सुमित तिमसिना शान्ति आदर्श मा.वि., शान्त्निगर, १५. उत्कृष्ट : सुस्मिता खतिवडा सिंहदेवी मा.वि. अर्जुनधारा पुरस्कृत भएका थिए ।
पुरस्कार अर्पणको कार्यक्रमपछि पुरस्कृत व्यक्तिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो वडा अध्यक्ष सूर्य कन्दङ्वा, पुण्यप्रसाद खरेल, लीला उदासी, प्रा.डा. सन्ध्या बस्नेत तथा प्रमुख अतिथि प्रा.डा. रेशबहादुर बस्नेतले ।
आखिरमा कार्यक्रमका अध्यक्ष उमा ओलीले कार्यक्रमको सुरुदेखि समापनसम्म सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त झापाली विद्वान बुद्धिजीवीहरु शिरो सान्दाइ, हरिनारायण भट्टराई, कृष्ण बराल, लता खरेल, लम्बोदर पौडेल, पुष्पकुमार खनाल, पुण्य बराल, लीलाप्रसाद अधिकारी, झगप्रसाद बराल, देवीप्रसाद नेउपाने, गणेश पोखरेल, हेमनाथ अधिकारी, हेमकला कट्टेल, गजेन्द्र आचार्य, विष्णुप्रसाद कोइराला, राजेन्द्र प्रसाईं, हिमाल खरेल, तारा प्रसाईं, ऋषभ बस्नेत लगायत १०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रम भव्य भयो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































