साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दरी

ए गरिबी ! म यो वर्तमानलाई वरदानमै गन्न थालिसकेकी छु तिम्रा निर्दोषी अबलापन कुल्चँदै सम्पन्नपनमा जिउन थालिसकेकी छु ।

Nepal Telecom ad

प्रदिपरत्न शाक्य :

सुन्दरी शब्द पनि
लाग्न थाले मिठो उपनाम ।

कठपुतली
मेरा दिन रात
बजारकै स्वरुप
मेरो बगैँचा ।

धार्मिक आदर्शहरू नै
भमरा बन्दै
खेल्छन्, मनोरञ्जित हुन्छन्
गङ्गा स्नान गरेकै अनुभूतिमा
पुरुषार्थ मनाउँछन् ।

म छुट्टै दुनियाकी रानी हुँ भन्दै
आँसु पिएर
अभिमानी हुन थालेकी छु ।

ए गरिबी !
म यो वर्तमानलाई
वरदानमै गन्न थालिसकेकी छु
तिम्रा निर्दोषी अबलापन कुल्चँदै
सम्पन्नपनमा जिउन थालिसकेकी छु ।

रातमा मैनका शिखा
दिनमा पाउजुका झन्कारहरू
विद्रोही हुँदा
भन्न थालेकी छु म स्वर्गकी अप्सरा हुँ
कोपिलामै
नारकीय जीवन दिने पलहरूलाई श्राप्दै ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
आवा

आवा

रविन तिम्सिना ‘काेर्काली’
ऐनामा पनि कहिले मुहार हेर

ऐनामा पनि कहिले मुहार...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x