साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ सडक

पीपल बोट हाँस्छ र भन्छ बहुलाउँदै शहीद विस्थापित इतिहास हुन् नयाँ सडक भत्किँदै गरेको प्रकृतिमा छन् हा हा हा हा .... हा हा हा हा म ब्युँझन्छु अपाङ्गको प्रकृतिमा ।

Nepal Telecom ad

प्रदीप रत्न शाक्य :

नयाँ सडक
आज पनि शहीदकै
आलो रगत बन्दै
मेरो सपनामा आउँछ
भनिरहन्छ
जुद्ध शमशेरहरू जीवित छन् ।

छाती फुकाएर
आजादी खोजिरहेका साहसहरू
सपना दोहोर्‍याउँदै
उत्पीडन गुञ्जाइरहेका कल्पनाहरू
चिच्याउँदै भन्छन्
देश अझै बन्धकमा छ ।

म नयाँ सडकलाई हेर्छु
उभिरहेको त्यो जुद्ध शमशेरलाई हेर्छु
भूगोल पार्कको
पृथ्वीले सुनोस् भनी भन्छु
म ती रगतहरूको
प्रतिनिधित्व गर्न आइरहेको छु
खबरदार !
शहीद जीवित छन् ।

पीपल बोट हाँस्छ र भन्छ
बहुलाउँदै
शहीद विस्थापित इतिहास हुन्
नयाँ सडक भत्किँदै गरेको प्रकृतिमा छन्
हा हा हा हा …. हा हा हा हा
म ब्युँझन्छु अपाङ्गको प्रकृतिमा ।

फुटपाथ रुँदै मलाई भन्छ
बिहानी तेरो
एका देशको कथा भइसकेको छ ।

लाग्यो
नयाँ सडक
न्यूरोडमा परिवर्तित भई
आदीवासी
मुर्दावाद भन्दै चिच्याइरहेको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x