साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा मिठा ख्रसा

चलाउनुहोस् फेसबुक । मिलाउनुहोस् आफ्नो आउटलुक । यो सबै आफ्नो मामिला । चिन्ता भएन खासै हामिला । यो सबै रमाइलो कुरा गरेको । न सोच्नु होला फेरि यसलाइ के सरोकार परेको । हेर्छु त मै फोन हेर्छु । जे गर्छु मै गर्छु ।

Nepal Telecom ad

भोज अर्याल :

कुरा मिठा खस्रा रोटी मिठा अस्रा
तर खस्रा कुरा सुन्दा मनमा पर्छन् धर्सा ।

आँखाबाट आँसु नै झर्छन् । चिल्ला कुरा चिप्लेकिरा झै हुन्छन् । अगाडि चिप्लो घसेर पछाडि कालो मनले जालो बुन्छन् । चिल्लो घस्नेहरू कहिले घस्दा घस्दै के के सुन्छन् । हात र साथ छुटेको दिन ट्वा परेरै धेरै रुन्छन् । कुरा साँचो यही हो बुद्धि काँचो त्यही हो चिप्लो पार्छ खुबै जो । होइन भन्ने को ?

जब कुरा चित्रका हुन्छन चुरा विचित्रका नै हुन्छन् । चुरा रङ्गी भए झै कुरा विरङ्गी पनि हुन्छन् । तर ती कुरा मन लाएर को नै सुन्छन् ।

जो ठुलो स्वरले बोल्छ केही न केही पक्कै खोल्छ । त्यसरी नै बोल्दा त सुन्नेको फेरि मनै पनि त पोल्छ । पोल्यो भनेर बोल्नेहरू बोल्न छोड्दैनन् । जति सक्यो डोल्न पनि छोड्दैनन् ।

बोल्ने भए बोल् । त्यसपछि हुन्छन् सबै डामाडोल् ।

कोही हिँड्छन् घुम्न डुल्न फोटोकपी हातैमा काखैमा बोकेर आफ्नै मनको मान्छेलाई घरमै रोकेर । लौ म त यो ठाउँमा लागे है भन्दै फोटो पोस्ट गर्दा हुन् । घरमा फर्किदा चोरले घर रित्तै बनाए कसो गर्दा हुन् । जमाना यस्तो भयो कि सबै पोस्ट गर्नै पर्ने भयो । नगर्दा पनि भयो तर गर्दा फेरि कस्को के नै गयो । बाँकि फोटो लेट पोस्ट भनेर हाल्दिने हो जे भयो भयो ।

अलिबेरमा लाइक र कमेन्ट गन्यो । हेर्न पर्छ है कस्ले के भन्यो । कसैलाई यो लाइक गर्न पनि भारी नै पर्छ । कमेन्ट लेख्न परेमा त झन् आँसु नै झर्छ । फेरि मान्छे हेरेरै पनि यो सबै गरिन्छ किसिम किसिमका तस्विर हेर्दा खुबै चख्खै परिन्छ । जमाना पनि के आयो आयो यो फेसउकले त सबैको परानै पो खायो । बस्यो गीत गायो । खाना खायो हत्तपत्त खिचेर देखायो । पेट बिस्तारै भरिन्छ हेर्‍यो भने चकितै परिन्छ । होइन कि कसो फेसबुकाँ मया पो बस्यो ।

कमेन्ट पनि कँही त धेरै कडा हेर्न पनि गारो हुने बडा । उस्तै परे चन्डीका रौं नै खडा । पहिले साइवरमा अहिले मेसेन्जर र भाइवरमा ।

कोही भन्छन् आहा ! कति राम्रो तस्विर हो ..! भन्दा न राम्रो हो तर खास कुरा त अलग्गै हुन्छ जुन मनैमा छ जो । राम्रो र सुन्दर हुने कुरा मात्र नै भयो । त्यति भन्दिँदा के कसैको केही गयो । गएन भन्दा केही भएन । सुन्नेलाई राम्रो खास कुरा तपाईंको र हाम्रो । विदेश बस्नेहरू पनि झन् धेरै देखाएकै छन् । फोटो र भिडियो पोस्टाएर कमाल राम्रो देखाउँने । दुःख लुकाउँने काममा घोटिँदा ज्यानै सुकाउँने । रमाइलो समाइलो हुने नै भो । फेरि मन पनि अलि धेरै जो फुकाउँने ।

टिकटक कि के के हो के पनि बनायो । लुतो नउठेको ठाउँमा बस्यो कनायो । नुहाए झैं गरेर टाउकोमा पानी खनायो । गित गाउँनु परेन गाए झैँ गर्दा हुन्छ । मुखमा अन्न नराखी खाए झैं गर्दा हुन्छ । गाएकै भए त दुनियाँले फेरि सुन्छ । यो सबै सम्झिँदा हाम्रो मन कति धेरै रुन्छ ।

आफ्नो गीत अर्कैले गाइदिँदा खास कलाकारको हरिबिजोक नै हुन्छ । जता पायो तेतै गयो नाच्यो कहिले बारीमा कहिले सारीमा कहिले सल्लाघारीमा । जमाना के आयो जे पायो त्यही खायो । गाइ न बाच्छा त्यसै आच्छा । यही त हो जिन्दगी । फुल पनि सप्तरङ्गी । चर्को छ फेरि महंगी ।

तिहारमा सेल खानी पढाइमा फेल खानी । हाम्रो घरैमा तेल खानी । तेल हाल्यो बनायो फिनी चाहिन्न चिनी । डाक्टरले भन्छन् नखानु सबै कुरा यिनी । घरको त खानु तर नखानु है दोकानको समान धेरै किनी । फेरि खाइहाल्छन् सल्लाह मानेर बस्ने होइनन् यिनी । यिनी भनेकै तपाईं हामी दमाइ कामी । जे भए पनि सुन्नु पर्च । विचार सबैको दामी । भिडियो सुन्नु पनि कहाँ र कति जति सुने पनि सुध्रिँदैन हाम्रो मति । बोल्नेहरू ले पनि गर्नै थाले यहाँ अति ।

संसारैभरि विद्वान् आज धेरै नै भए । असली मान्छेहरू हराए खै कहाँ गए गए । सामाजिक सञ्जालको हावाले गुप्तवास भए । कोही बोल्ने कुरा बोल्छन् । कोही यो मनै पोल्ने गरी बोल्छन् । बोल्न नजान्नेको फेरि मनै पिरोल्छन् । पोल्ने पनि आए कानै खोल्ने पनि आए । यी सबैले यहाँ बिताउँनु सम्म बिताए ।

फोटो पोस्ट गरेर कोही होला र… जसले गिनिज बुकमा नाम नै लेखायो । आफूसँग भएको सबै संसारलाई खर्लप्पै देखायो । फोटोमै अटेका छन् वनजङ्गल भिर पाखा र खोला । त्यति विधि फोटो जम्मा गरेर राख्दा के काम लाग्छ होला ? कुरा बुझ्नै गाह्रो हुने आजकल । दोहोरिएर आउँछ त्यही फोटो फेरि सेयर गर्‍यो सालै साल । खिस्स हाँसे झै गरेको छ अरु छोडी छोडी फोटो खिच्नै परेको छ । जे होस् फोटो पनि खिचेकै राम्रो बरू बारीमा पानी सिँचेको झन्न राम्रो ।

सबैको हातमा एक थान सेल फोन कहीँ त फोनकै पनि महिनामारीमा बुझायो लोन । त्यस पछि कसरी बचुस्त्यो धन् । फोन हेरेसी वृद्ध बालक जवान सबैको खुसी मन । बस्यो फेरी मेसेन्जरमै गनगन र थनथन । घाम लागे घमाइलो साह्रै रमाइलो । फोनमा गढेर हेर्दा कोहि अन्धो होला कि भन्ने मलाइ डर भयो ।

हेरेँ त मेरै हेरेँ तेरो के गयो । भन्न फेरि के बेर । चलाउँछु म मेरै फोन लौन हेर । यस्ता कुरा नि हुन सक्छन् होला बगेको खोला । सम्झेर मनै पनि फेरि झन् रोला ।

वडा कार्यालयमा गोडाले हिनेर गयो अध्यक्षदेखि कर्मचारी फोनमा व्यस्त भयो । मान्छेहरू भन्छन् सुब्बाले काम गर्नै मानेन यसो वचन फर्काएको धन्नै हानेन् । कसरी काम गरून् खै फोन हेरेरै ठिक्क जनता भए झन दिक्क । प्रदेशदेखि सङ्घ बनाए हुने फेसबुके महासङ्घ ।

मन्त्रीहरूको कामै छैन बसेको छ गफ चुटेको छ । पुरुष भएर सुत्केरी भत्ता लुटेको छ । जुट्न पनि क्या जुटेको छ । सक्छस् भने सकेजति सँगाल तर देशै बनायौ हरिकङ्गाल ।

प्रधानै मन्तरी पनि फेसबुके किरो जस्ता छन् ।

खानु सम्म खाएर हेर्दै राता गाला हिरो जस्ता छन् । फोन र फेसबुक नहेर्नी कोही भएन । देशमा सुशासन ल्याएर केही बाँकि रहेन ।

खाली फोनमा झुण्डेको छ कति बेला गर्छन हौ काम । फेसबुकसँग बसेरै फल्दो रैच कि बोटमा दाम । फेसबुककि जय यी मनुवा के भए भए । जनताले तिरेको कर आफ्नो धन्सारतिर पो लए । दस दसन सय ।

हेर्नुहोस् तपाईं पनि फोन । चलाउनुहोस् फेसबुक । मिलाउनुहोस् आफ्नो आउटलुक । यो सबै आफ्नो मामिला । चिन्ता भएन खासै हामिला । यो सबै रमाइलो कुरा गरेको । न सोच्नु होला फेरि यसलाइ के सरोकार परेको । हेर्छु त मै फोन हेर्छु । जे गर्छु मै गर्छु । यसभित्र म आफै पनि त पर्छु । जय देश जय नरेश । फोन हेर्दा आँखाको खुब ख्याल गरेस् । भन्नुहुन्च बाले मैले आजैदेखि यो फोन सोन् उता झाडीतिर फाले ।

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x