साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूजा गर्ने कि तलुवा चाट्ने ?

कामै छाडेर तलुवा नै चाट्न त हुन्न नि ! त्यसैले काम गर्नुपर्छ काम गर्नेलाई पूजा गर्नुपर्छ आकाश पातल जोडेर गफ मात्र हाँक्नेलाई हेर्नू हुँदैन ।

Nepal Telecom ad

कृष्णदेव रिमाल ‘शब्दसेना’ :

म शेरजस्तै छु
मलाई मन्चमा शेखरहरू बसेको मन पर्दैन
म खड्गजस्तै छु
मलाई मन्चमा भीमहरू बसेको मन पर्दैन
म कमलजस्तै छु
मलाई मन्चमा लिङ्देनहरू बसेको मन पर्दैन
म रक्तपुष्पकमलजस्तै छु
मलाई बगैचमा अन्य पुष्प फुलेको मन पर्दैन ।

यो देशका प्राय मान्छे मजस्तै छन्
मन्चमा सधैँ आफैँ मात्र बस्नुपर्छ भन्छन्
काम गर्ने ढङ्ग नभए पनि
आफ्नो मात्र पूजा गर्नुपर्छ भन्छन्
के तपाईं हरेक दिन मेरो पूजा गर्नुहुन्छ ?
सिमे भूमेको पूजा गरेर मात्र धान फल्छ र !
धान रोप्नु पनि पर्ला गोड्नु पनि पर्ला
पानी लाउनु मल हाल्नु पनि पर्ला
अग्रजको सम्मान त गर्नैपर्छ
तर
कामै छाडेर तलुवा नै चाट्न त हुन्न नि !
त्यसैले काम गर्नुपर्छ
काम गर्नेलाई पूजा गर्नुपर्छ
आकाश पातल जोडेर
गफ मात्र हाँक्नेलाई हेर्नू हुँदैन ।
त्यसैले हामीलाई
नयाँ परिवेश चाहिन्छ
नयाँ काम चाहिन्छ
अनि पो समृद्ध देश पाइन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x