साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ अब विवेकी युद्ध गरौँ

बल्छी मान्छेकै मुटु कलेजोमा अंकुश पर्न बाध्य छ त्यहि भएर औजारहरूलाई पनि अब साविककै युद्ध गर्न मन छ र त भन्छ धेरै भयो हामीले युद्ध नगरेको युद्धका उपलब्धी नसोहोरेको त्यसैले आऊ अबअर्को युद्ध गरौँ ।

Nepal Telecom ad

कृष्णदेव रिमाल ‘शब्दसेना’ :

धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अब अर्को युद्ध गरौँ ।

वसन्तले यो धरालाई
अँगालो मारेको बेला,
फूलहरू पराग छचल्क्याउँदै
लल्कारी रहेका छन् –
खै ? कहाँ लुकेका छन्
यो देशका माहुरीहरू !
धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अब अर्को युद्ध गरौँ ।

बाँदर र बँदेलहरूको
रजाइँ खप्न नसकेर
बारीका बाँझा पाटाहरू
चिच्याइचिच्याइ भन्दैछन्
ए धोखेबाज मान्छेहरू !
खै कहाँ गए तिम्रा ती
हलो कोदालो र डल्लेठोहरू
धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अब अर्को युद्ध गरौँ ।

वाद र प्रतिवादहरूको मैदानबाट
सरापशास्त्रका शब्दकोशीय चेपहरूबाट
बचेखुचेका केहि आशाका आवाजहरू
सुन्न सकिने भाषामा भन्दैछन्
खै कता गए विवेकपूर्ण संवादहरू ?
धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अब अर्को युद्ध गरौँ ।

हिमाल पहाड र मधेशले
परसंस्कृतिका धारिला बञ्चराहरूको
अनवरत प्रहार सहँदा सहँदै
चिराचिरा पारिएका मन फुलाउँदै
फेरि चुम्न खोजिरहेका छन्
स्वत्व, विवेक अनि सम्मान,
धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अब अर्को युद्ध गरौँ ।

सियो सनासो र बल्छीहरू
आफ्नो काम गर्न पाउँदैनन् अचेल,
सियोले फाटेको लुगा सिउन नपाएर
मान्छेको मर्ममा चुस्सचुस्स घोच्नु परेको छ
सनासोले मान्छेकै भावनाहरू च्याप्नु परेको छ
बल्छी मान्छेकै मुटु कलेजोमा अंकुश पर्न बाध्य छ
त्यहि भएर औजारहरूलाई पनि अब
साविककै युद्ध गर्न मन छ र त भन्छ
धेरै भयो हामीले युद्ध नगरेको
युद्धका उपलब्धी नसोहोरेको
त्यसैले आऊ अबअर्को युद्ध गरौँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
पूजा गर्ने कि तलुवा चाट्ने ?

पूजा गर्ने कि तलुवा...

कृष्णदेव रिमाल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x