अर्जुन दाहाल (क)आधा सत्य आधा भ्रम- (४)
यो सफलतालाई कसैले क्यान्डल बालेर स्वागत गरे, कसैले आर आइ पि लेखेर बधाइ दिए, कसैले टुकुचामा सजाउने प्रण गरे भने कसैले होडिङ बोर्ड कब्जा गरेर नै धन्यवाद दिए ।

अर्जुन दाहाल (क) :
नेपाल सरकार नेपालीको दुस्मन खोज्दै थियो, आखिरमा भेटेर छाड्यो। दुईचार वटा तालीम प्राप्त कुकुरहरुको प्रयोग गरि उज्यालो मन नपराउने “दीप गुठ्खा” ले यस्को जिम्मेवारी पूरा गरेका छन् ।
ऊनै गुठ्काले स्काउटको जग्गा प्रयोग गरेको ठूलो रकम पनि तिर्न बाध्य बनाएका थिए । गुठ्खा नेपाल सरकारका कुर्सी मन्त्रीमात्र हैनन् ऊनी उर्जाविज्ञ, दलाल मन नपराउने, सकाउट मैत्री, लोड सेडिङका प्रिय साथी र इन्भर्टर समितिका आजीवन सदस्य पनि हुन्।
खासमा कुर्सी मन्त्री गुठ्खाको अग्रसरतामा खोजी गरिएका ती नेपालका दुस्मन को थिए त भन्ने यहाँहरुलाई लागिरहेको होला । त्यो नाम हो ऊनै कूल म्यान- घिसिङ ।
देशमा लोड सेडिङ अन्त्य गर्ने, घाटाको घट्टालाई अरबौं नाफामा लैजाने, इन्भर्टर व्यापारीसँग सौदाबाजी नगर्ने बरु प्रयोग गरिएको करेन्टको रकम नतिर्नेलाई करेन्ट लगाउन हिम्मत गर्ने अपराधी तिनै कूल म्यान रहेछन् । देशको दुस्मन हुनुको अर्को प्रमुख कारण ऊनी ऊनका साला थिएनन् बरु महासाला थिए।
कुर्सी मन्त्री श्री गुठ्खाले गरेको यो सफल कामको संसद देखि सदनसम्म प्रसंसा देखियो। साला भेना बाहेक अरु सबै खुसी छन्। यो सफलतालाई कसैले क्यान्डल बालेर स्वागत गरे, कसैले आर आइ पि लेखेर बधाइ दिए, कसैले टुकुचामा सजाउने प्रण गरे भने कसैले होडिङ बोर्ड कब्जा गरेर नै धन्यवाद दिए । तपाईंले पनि धन्यवाद दिन बाँकी छ भने हतार हतारमा तीन पटक मुख कुल्ला गरेर गुठ्खालाई समर्पण गर्नुहोस्। सम्मान गर्ने त हाम्रो संस्कार नै हो नि गाँठे। कि कसो ??…
क्रमशः
०००
व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।
Subscribe
Login
0 Comments
Oldest






































