साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्न चाहिँ गाह्राे

"अल्छी तिघे ! स्वादे जिभ्रे ! त्यसै मिल्छ चारो ? भन्दा उल्टै रिसाएर मुठ्याउँदै घारो । "आइन्दा क्यै बोल्यौ भने झारिदिन्छु दाह्राे"। भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥

Nepal Telecom ad

सत्यराज थपलिया :

बास्नाबिना फुले जस्तै पलाँसको फूल ।
अकर्मण्य बन्नु नै हो जिन्दगीको भूल ॥
“आम्दानीको बाटो केही छैन तातोछारो ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥१॥

घुँडोमुन्टो गरेर पो के भयो खै सार ?
खोज्छन् सबै सम्पत्तिमा मात्रै अधिकार ॥
“खडेरीले सुकाउँछ पानी जरुवाको” ।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥२॥

के हो आफ्नू कर्तव्य ? यो कल्ले याद गर्छ ?
भन्छन् अझै “भएपर्छ, नभएमा टर्छ” ॥
“समाजैले निन्दा गर्छ जाँगरमरुवाको ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥३॥

“अल्छी तिघे ! स्वादे जिभ्रे ! त्यसै मिल्छ चारो ?
भन्दा उल्टै रिसाएर मुठ्याउँदै घारो ।
“आइन्दा क्यै बोल्यौ भने झारिदिन्छु दाह्राे”।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥४॥

रित्तो गाग्री भरिंदैन थापी सुके धारो ।
आलस्यले बनाउँछ जिन्दगी नै थारो ॥
“पुऱ्याउनै परे पैल्यै गर्नुपर्छ फारो” ।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥५॥

सन्तानको हृदय भो ढुङ्गाभन्दा साह्रो ।
हुँदो कुरा बोल्दा पनि चढाउँदै पारो ॥
“बसीबसी खसाल्छु म आकाशको तारो ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥६॥

०००
काठमाडाैं
रचना : २०७६।१२।०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्लु

उल्लु

डा. सत्यराज थपलिया
गोरुको गन्थन

गोरुको गन्थन

डा. सत्यराज थपलिया
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x