साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्लु

मेधावी चतुरो चलाख नहुँदा निद्धि लाटो अनि । कोसेरो पनि भन्दछन् मनुजले, बेकार भो जीवनी ॥ लाग्छन् घाम तथापि दिव्य दिलमा आँखा दुवै देख्तिनँ । दुब्लो दुर्बल देहको अधमरो उल्लू बनेको छु म ॥

Nepal Telecom ad

डा. सत्यराज थपलिया :

मेरो नाउँ उलूक हो तर कतै भुल्को भनेरै अझ ।
क्वै सम्बोधन गर्दछन् दिनदिनै निर्लज्ज भै, वेहद ॥
घाँटी गर्दन ढाड दुख्तछ स्वय पर्दा सधैं दोब्रिन ।
निर्धा निष्क्रिय निम्छरो अगतिलो उल्लू बनेको छु म ॥१॥

बारीका अनि खेतका र घरका अन्नादिकै दुर्दशा ।
पार्ने शत्रु समानका अगुनिला कीरा, फट्याङ्ग्रा, मुसा ॥
खाई जीवन धान्छु, नित्य नरको अन्याय क्यै गर्दिनँ ।
झल्लो झन्झटिया न भै झगडिया उल्लू बनेको छु म ॥२॥

राम्रो रूप न आत्मज्ञान छ न ता सम्पत्ति नै गेहमा ।
मीठो बोल्नसमेत जान्दिन अझै सम्पूर्ण यो देहमा ॥
फुस्रा प्वाँख, भुवा निकै नरम छन् हेपिन्छु व्यर्थे किन ?
अल्छी आलस दीर्घसूत्र बबुरो उल्लू बनेको छु म ॥३॥

आफ्नू उन्नति होस् नहोस् दिनदिनै यद्वा हओस् दुर्गति ।
भोग्नैपर्छ अवश्य भाग्य सबले नै लेखिएको जति ॥
गर्छन् काम सदैव मानिसहरू मैले नगर्ने किन ?
लोसो लोफर लोकनिन्दित लुरे उल्लू बनेको छु म ॥४॥

आफै डिच्च गरेर दाँत कहिले देखाउने गर्छु म ।
कैले गर्छु उडूँउडूँ दिनभरि नै उड्न ता सक्दिनँ ॥
साँच्चै पागल झैँ बनेर म सधैं झोक्रिन्छु व्यर्थै किन ?
दुर्छ दुर्मुख दुर्विनीत दुखिया उल्लू बनेको छु म ॥५॥

मेधावी चतुरो चलाख नहुँदा निद्धि लाटो अनि ।
कोसेरो पनि भन्दछन् मनुजले, बेकार भो जीवनी ॥
लाग्छन् घाम तथापि दिव्य दिलमा आँखा दुवै देख्तिनँ ।
दुब्लो दुर्बल देहको अधमरो उल्लू बनेको छु म ॥६॥

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
गोरुको गन्थन

गोरुको गन्थन

डा. सत्यराज थपलिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x