साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुते कुकुर

कैल्यै काशी जान्न म त नेपालमै बस्छु । राष्ट्रघाती नेता बने नङ्ग्रा/दाह्रा धस्छु ॥ सरकारै स्वार्थी कुरा गर्छ जालेमाले । खबरदार ! होशियार ! मै देशका पाले ॥

Nepal Telecom ad

डा. सत्यराज थपिलया :

गाढा निद्रा निदाउन सके पनि ज्यादा ।
तुरुन्तै म व्यूझिहाल्छु परे विघ्नवाधा ॥
माया गर्छन् मालिकले भन्दै लुते/काले ।
नुनको सोझो चिताएर बन्दै ढोकापाले ॥१॥

बस्तै छु म रातोदिन आफू भई बुक्क ।
क्यै सुराक पाए उठी गर्दै भुक्कभुक्कः ॥
निर्धा भए पनि जुघ्न जान्छु बन्दै शूरो ।
प्रष्ट पार्न भन्दै छु म यै हो खाँटी कुरो ॥२॥

धेरै खाने शक्ति मेरो हुँदाहुँदै थोरै ।
भए पनि खुशी हुन्छु, नपाएमा भोकै ।
बस्न सक्छु, सन्तोषी भै बुझ्न सबै कुरो ।
क्यै तालिम पाए राम्रो काम गर्दै, ठुलो ॥३॥

सत्यनिष्ठ, स्वामीभक्त हुँदा बारम्बार ।
हेरचाहा गर्छु आफैं रुड्दै आफ्नू घर ॥
सागसिस्नु, खोलेफांडो वरु ढिंडै खान्छु ।
छिमेकीले हस्तक्षेप गर्दा दिक्क मान्छु ॥४॥

कैल्यै काशी जान्न म त नेपालमै बस्छु ।
राष्ट्रघाती नेता बने नङ्ग्रा/दाह्रा धस्छु ॥
सरकारै स्वार्थी कुरा गर्छ जालेमाले ।
खबरदार ! होशियार ! मै देशका पाले ॥५॥

बेइमानी बन्छौ किन ? भन्दै सबैलाई ।
इमान्दार बन्ने शिक्षा दिन्छु, दुःख पाई ॥
काम केही नभए नि हिंड्ने लुखरलुखुर ।
समाजैले हेपिएको मै हुँ लुते कुकुर ॥६॥

०००
रचना : २०७३।०४।१३/(कल्पलता, २०८० भदौ/असोज)
फूलबारी (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
उल्लु

उल्लु

डा. सत्यराज थपलिया
गोरुको गन्थन

गोरुको गन्थन

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x