साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुको गन्थन

कल्ले ध्यान दिएर सुन्दछ यहाँ यो गोरुको गन्थन ? यी आफ्नै घरगाउँबाट अहिले बन्दै छु विस्थापित । पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ?

Nepal Telecom ad

डा.सत्यराज थपलिया :

भन्थे क्वै घिउभात बाबु त मरे बल्दो मरेमा सब ।
राख्दै हात निधारमाथि पहिले रुन्थे कठै ! मानव ॥
कल्ले गर्दछ याद गोरु अहिले बाँचोस् मरोस् ? वास्तव ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥१॥

जोत्ने गोरु भनी स्वयं दिनदिनै पीठो, ढुटो, चामल ।
अण्डा, तेल, कुनाउरो अघि कुनै दिन्थे मलाई, सब ॥
आयो जोत्न नवीन यन्त्र म यहाँ बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥२॥

पैले गोरु छिटै अघाउनुपर्यो भन्थे विहानै उठी ।
सोर्थे गोवर नित्य सोतर स्वयं ल्याएर हाल्थे जुटी ॥
ऐले यन्त्र छ गाउँमा र त्यसले पार्दै छ विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥३॥

पानी घाँस परेन ख्वाउन, त्यही पेट्रोल हाले पुग्यो ।
बढ्ता सक्दछ जोत्न ट्याक्टर यही के काम त्यो गोरुको ?
भन्छन् मानिस आज गाउँघरमा बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥४॥

गौसेवा अहिले कथा बनिसक्यो को सुन्छ ? को गर्दछ ?
गाईगोरु लखेटिंदा सडकमा बेवारिसे छौँ सब ॥
सीमापार पुऱ्याइँदै छ अझ क्वै गर्छन् यहीं नै वध ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥५॥

मेरा मालिक हुन् महेश्वर उनी छन् भाङले रन्थन ।
कल्ले ध्यान दिएर सुन्दछ यहाँ यो गोरुको गन्थन ?
यी आफ्नै घरगाउँबाट अहिले बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥६॥

०००
रचना : २०७६।०९।१४/

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उल्लु

उल्लु

डा. सत्यराज थपलिया
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x