उत्तम विचारमातापिता
छन् देवतुल्य जननी र पिता पवित्र आस्था जगाउन सकूँ तिनको मभित्र । छोडी चटक्क न कतै चुपचाप जाऊन् मातापिता निधि दुई घरमा रमाऊन् ।।

उत्तम विचार :
चाहेर वस्तु जसरी न बजारबाट
पाइन्न किन्न सकियोस् न हजारबाट ।
सन्तानका नजिक बस्न खुलेर आऊन्
मातापिता निधि दुई घरमा रमाऊन् ।।१।
अग्लो भयो घर भनी जग ढाल्नु हुन्न
हुन् वृद्ध बाबु र मुमा तर फाल्नु हुन्न ।
हाँसीखुसी दिनहुुँ निर्भय बाँच्न पाऊन्
मातापिता निधि दुई घरमा रमाऊन् ।।२।
फ्याँकेर बाबु निज गर्दछ पूर्ण धोको
चाहिन्छ नाति पछि भन्छ नफाल डोको ।
यस्तै कथा र कविता सबले सुनाऊन्
मातापिता निधि दुई घरमा रमाऊन् ।।३।
जो छोड्छ आश्रम लगी जननी रुवाई
त्यो पाप भोग्दछ स्वयम् छ यही बुझाइ ।
माया र प्रेम समभाव सदैव पाऊन्
मातापिता निधि दुई घरमा रमाऊन् ।।४।
छन् देवतुल्य जननी र पिता पवित्र
आस्था जगाउन सकूँ तिनको मभित्र ।
छोडी चटक्क न कतै चुपचाप जाऊन्
मातापिता निधि दुई घरमा रमाऊन् ।।५।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































