साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार तथा पत्रकार विजय चालिसेकाे श्रद्धाञ्जलि सभा

प्रा.डा. हेमनाथ पौडेलको सभापतित्व, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ साउन १६ । अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसे कीर्तिशेष हुनुभएको दुई महीना पारेर श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।

साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको सभापतित्व, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

रामहिटी, बौद्धमा २१ वटा साहित्यिक संस्थाहरूको संयोजन गर्दै साहित्य सदनले उक्त श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।

कीर्तिशेष हुनुभएका विजय चालिसेको तस्वीरमा माल्यार्पण सहित शुरू भएको उक्त कार्यक्रममा बोल्दै समालोचक ठाकुर शर्माले चालिसेका वहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले स्कुले जिवनमा आफ्ना गुरु समेत रहनुभएका चालिसेसँग साहित्यिक, सामाजिक क्षेत्रमा काँधमा काँध जोडेर काम गर्ने अवसर पाएको स्मरण गर्दै उहाँ जस्ता प्रतिभाहरूको सहयोग, प्रेरणा र हौसलाले गर्दा नै गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रमा अनुकरणीय काम गर्न सफल भएको बताउनु भयो।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिता क्षेत्रमा लामो समय बिताएपनि साहित्यिक क्षेत्रमा उत्तिकै अब्बल हुनुहुन्थ्यो भन्नुभयो । उहाँले लेखक-साहित्यकार गहना नभई स्पन्दन हो भन्नुहुँदै चालिसेको अन्तिम विदाईमा गोकर्णेश्वर नगरपालिकाले गरेको सलामीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

चालिसेका कान्छा सुपुत्र आलोकले पिताले निभाउनुभएको सामाजिक, शैक्षिक, पत्रकारिता र साहित्यको पाटो बारे स्मरण गर्दै उहाँको योगदानलाई स्थायी बनाउन विजयलक्ष्मी ट्रष्ट स्थापना गर्न लागिएको बताउनुभयो ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले रमेश विकल साहित्य प्रतिष्ठानको स्थापनादेखिनै विजयको सक्रियता बारे स्मरण गर्दै उनको योगदान बिना प्रतिष्ठान आजको अवस्थामा आउन नसक्ने बताउनुभयो । पिता रमेश विकलको भन्दा भैरव अर्यालको प्रेरणाबाट विजय साहित्यमा लागेको बताउनुभयो ।

अन्य वक्ताहरूमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक जगत उपाध्याय, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि, अभिनव साहित्य समाजका गोविन्द घिमिरे ‘वेदमणि’, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष शम्भु बडाल, पोषण पाण्डे तीर्थ सदनका प्रतिनिधि रञ्जु पाण्डे हुनुहुन्थ्यो।

पत्रकार समेत रहनुभएका साहित्यकार विजय चालिसेको २०८२ जेठ १६ गते निधन भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x