साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लिग-लिगे राजा दलसुर रानामगरको वक-पत्र !

लिग लिगको माटो हातमा उठाएर भन्छु अब हाम्रो लुटिएको राज्य फिर्ता पाउनु पर्छ । राजा बनाउने नै भए पहिला हाम्रो पालो आउनु पर्छ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

हिजो राती सपनामा
मैले मेरो
गाउँले लिग-लिगे राजा
दलसुर रानालाई देखेँ।

उनि भन्दै थिए,
बाबु,
नेपालमा, अब राजा चाहिने भए
राजा बन्ने पालो
दलसुर रानाको सन्तानको नै हुनु पर्छ ।

तिमीलाई थाहा छ ?
हामी सोझा मगरहरुले
खुसीसाथ दशैँ मनाइरहेको बेला,
लमजुङ्गे भैँसी गोठालो द्रव्य शाहले
ठूलो षडयन्त्र गरे,
म र मेरा सन्तानको हत्या गरे।
हाम्राे बंश नास गरे
हाम्रो लिग-लिग राज्य लुटे ।

आज म फेरि एकपटक,
लिग-लिगकोटको चिहानबाट ब्युँझिएर
सबैले सुन्ने गरि
प्रश्न गर्दै छु।

खड्ग चलाएर
मेरो र मेरो सन्तानको समूल नस्ट गर्नु
अपराध थियो कि, थिएन ?

हाम्रो परम्परा धर्म माथि अतिक्रमण गर्नु
अपराध थियो कि, थिएन ?

आतङ्क मच्चाएर
हाम्रा लालाबालाहरुको
अस्मितामाथि खेलवाड गर्नु,
अपराध थियो कि, थिएन ?

त्यसैले म आज
इतिहासको चार सय वर्षपछि
चिहानबाट फेरि एक पटक उठेको छु र
सोद्दैछु,
आजको तिम्रो नेपालमा
दलसुर रानाले न्याय पाउने कि नपाउने ?
दलसुर रानाका सन्तानहरुले
आफ्नो लुटिएको राज्य फिर्ता पाउने कि नपाउने ?

दलसुर रानाले गहभरी आँसु चुहाउँदै भने
बाबु,
नायक बनेका
कथित विजेताहरुको
कालो कर्तुत खोल्न ढिलो गर्नु हुँदैन
हजारौ निहत्थाहरु हत्या गरेर
भकारी भर्ने सामन्तहरुको भण्डाफोर गर्नु पर्छ।

तिमी मान नमान
आज चिहानबाट दलसुर रानाले
फेरि एकपटक घोषणा गर्छ,
ती राजा थिएनन्, हत्यारा थिए ।
ती राजा थिएनन् लुटेरा थिए ।

त्यसैले अब,
दलसुर रानाहरुको
आँसु र रगतको इतिहास
अब पुन:लेखिनु पर्छ
दलसुर रानाका वेदना र पीडाका
यथार्थ कथा लेखिनु पर्छ।
इतिहासको सत्य तथ्य लेखिनु पर्छ।

लिग लिगको
माटो हातमा उठाएर भन्छु
अब
हाम्रो लुटिएको राज्य फिर्ता पाउनु पर्छ ।
राजा बनाउने नै भए
पहिला हाम्रो पालो आउनु पर्छ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x