साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय नेपाली क्रान्ति !

यसरी वर्षौदेखि हामी नेपाली नयाँ, नयाँ क्रान्तिको अनुभव गरी रहेका छौँ, क्रान्ति नायकहरुको जयगान गर्न अभ्यस्त भएका छौँ। जय नेपाली क्रान्ति !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

उसले घर पोल्यो
र भन्यो
मैले क्रान्ति गरे।

त्यसले पुर्खाको विरासतमा बन्चरो हान्यो
र भन्यो
मैले क्रान्ति गरेँ।

अर्कोले नदीनाला बेचेर सत्तारोहण गर्यो
र भन्यो
मैले नयाँ युगको आरम्भ गरेँ।

फेरि अर्कोले आफूलाई
अकंट राजनेता घोषणा गर्यो
र भन्यो
मैले लोकतन्त्रको जग बजबुत बनाएँ।

त्यसैगरी अर्कोले मन्दिर भत्काएर
र भन्यो
मैले क्रान्तिमा अर्को इट्टा थपेँ ।

उसैगरी उसले पनि जनताको
आँसु र रगतको दहमा पौडी खेल्यो
र भन्यो
मैले शहीदको सपना पुरा गरेँ।

यसरी वर्षौदेखि
हामी नेपाली
नयाँ, नयाँ क्रान्तिको अनुभव गरी रहेका छौँ,
क्रान्ति नायकहरुको
जयगान गर्न अभ्यस्त भएका छौँ।

जय नेपाली क्रान्ति !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x