साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हार्न तयार छु

बरु म हार्न तयार छु। विभीषण बनेर आफ्नै देश खरानी पर्नुभन्दा पूर्खाको विरासतमा बन्चरो हानेर कुर्चीमा उक्लिनुभन्दा बरु म हार्न तयार छु।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

ढाँटेर जित्नुभन्दा
ठगेर जित्नुभन्दा
बरु म
हार्न तयार छु।

देशको धुरी भाँचेर शत्रु हँसाउनुभन्दा
स्वधर्म त्यागेर परतन्त्र स्विकार्नुभन्दा
बरु म
हार्न तयार छु।

पराईको दास भएर बाँच्नुभन्दा
देश पोलेको आगो ताप्नुभन्दा
बरु म
हार्न तयार छु।

अर्काको गोडामा उभिएर अग्लो हुनुभन्दा
अर्काको रंगामा रंगिएर राम्रो हुनुभन्दा
बरु म
हार्न तयार छु।

विभीषण बनेर आफ्नै देश खरानी पर्नुभन्दा
पूर्खाको विरासतमा बन्चरो हानेर कुर्चीमा उक्लिनुभन्दा
बरु म
हार्न तयार छु।

म घोषणा गर्छु
चुनावमा म हार्न तयार छु।
एकपटक होइन, हजारपटक हार्न तयार छु।

तर, देश हार्न दिनु हुन्न
यसमा म सचेत पनि छु।

देशको स्वतन्त्रता हार्नु हुन्न
यसमा म प्रतिबद्ध पनि छु।

जय देश, जय नेपाल।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x