साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन न तिमी कहिले फर्कने ?

हेर न तिमी जन्मेको देशमा न बल छ, न बुद्धि बाँकी छ छ त केवल बाजेको छाला छ त्यहि रुँगेर बसेका बुढाबुढीको न हाँसको न बकुल्लाको चाला छ बरु त्यसैमा पनि लुछाचुँडी छ ।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

हे बिभिन्न लोकमा पुगेका
बिशेष गरी पाताल पुगेका
मेरा दाजुभाइ दिदीबहिनी !
फर्केर हिमवत खण्ड आऊ !

तिमी गएदेखि बलबुद्धि
अभाव भएको छ यहाँ
तिमी फर्किएर आए मात्र
बाँझो पल्टेको खेतबारी
ज्ञान विज्ञानले सुन्दर हुनेछ ।

ऊ तलबाट आँखा तर्दै
अझै तल गएको नदीले
टार र फाँटहरू भिजाउँ
बारीका पाटाहरू भिजाउँ
डाँडाहरू हरियो बनाउँ ।

हामी पनि प्रदर्शनीमा राखौंला
गोल्ड कार्डभन्दा महँगो भाउमा
खाशमा कसैले किन्नै नसक्ने
एभरेष्ट नेचर कार्ड
लुम्बिनी नलेज कार्ड
पशुपति रिलिजन कार्ड
मिथिला कल्चर कार्ड
बर्दिया पार्क कार्ड
इलामे ग्रीन कार्ड
र सबैभन्दा दुर्लभ
हिमवत गोल्डेन कार्ड ।

हे यहाँ जन्मेर उडेका
बलबुद्धिका पखेटाहरू !
पहिले तिमीले लगेको त्यो
बल र बुद्धि त ल्याऊ
अनि मिलेर गरौंला काम
सँगै बसेर खाउँला माम ।

हेर न तिमी जन्मेको देशमा
न बल छ, न बुद्धि बाँकी छ
छ त केवल बाजेको छाला छ
त्यहि रुँगेर बसेका बुढाबुढीको
न हाँसको न बकुल्लाको चाला छ
बरु त्यसैमा पनि लुछाचुँडी छ ।

आउ न प्यारा बचेरा हो
घर सम्झेर आऊ
पहिलेको जस्तै
हिमालको गीत गाऊ
मधेशको गीत गाऊ
पहाडको गीत आऊ ।

तुच्छ कार्डहरूमा नबिक
स्वच्छ कार्ड लिन सिक
तिमीलाई घचेटिन बाध्य पार्ने ती
उडुस, उपियाँ र जुकाहरूलाई
चेतनाले निर्मुल पार्नु छ
म पर्खीरहेछु आँखा तानेर !
भन न तिमी कहिले फर्कने ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
पूजा गर्ने कि तलुवा चाट्ने ?

पूजा गर्ने कि तलुवा...

कृष्णदेव रिमाल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x