सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भरी खल्ती जता पनि चल्ती

हुनेलाई जता पनि नहुनेलाई कतै न कतै। बाले भन्थे दिन बलियो हुनुपर्छ नाति गोरुले बच्चा दिन्छ भन्थे हो कि क्या हो। हुनेलाई जताबाट पनि हुन्छ हामी जस्तो लुतो लागेको मान्छेको गोजी समेतलाई चिलाउने घाउ आएको हुन्छ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

गत दिन एउटा चोर आँखाको सामुन्ने चोर्दाचोर्दैं मेरो फेला पर्यो।हात राम्रो थियो।हात राम्रो मतलब उसको कलाकारिता चोर्नुमा सिपालु थियो। जबसम्म चोर्दै थियो ऊ भलाद्मी थियो। जब पक्राउ पर्यो तब ऊ चोरको श्रेणीमा आयो।उसले गरेको कर्मको फल उसले खानु नै पर्छ। उसलाई मामा गाडीमा हालेर लग्यो। तर गाडी चड्दासम्म म कहाँ चोर हो र ? भन्दै थियो।

गलती भएको कुरा कसैले आत्मसात गरेर स्वीकारेको आजसम्म मलाई थाहा छैन। अरू त अरू दस मान्छेको छेउमा पादेर पनि मैले पादेको छुइनँ भन्ने हामी मानव जात तब रिस उठ्छ जब नाकले सास लिनु बन्द गरेर बैठकबाट सिट छोडेर बाहिर निस्कनु पर्छ।

अब यतिसम्म कि बाटो नाप्दै हिँड्ने जँड्याहाले पनि जब पुलिससँग जम्काभेट हुन्छ नि तब पनि मैले खाएको छुइनँ सर भन्दै हिँड्छ तब लाग्छ मातेको मान्छे होस हुँदैन भनेर जुन अफवाह समाजमा फैलिएको छ नि त्यो गलत हो जस्तो लाग्छ। लु घरको श्रीमती समेतलाई मातेको छुइनँ भनेर जुन स्पष्टीकरण दिन्छ नि तब लाग्छ उसले रक्सी होइन पानी पिएर आएको छ।

जब आश्वासनको पोको बोकेर नेता आएर भाषण दिएर …. भाषण सुन्ने जनताले कान थापेर विश्व युद्ध होला जस्तो चन्खो भएर सत्र पल्ट नरियल फुटाउने अनि शिलान्यास गर्दै एउटै बाटोमा तीन तीन पल्ट राजनीति भएर बाटो चै जस्तोको त्यस्तै तर नेताको पेन्सन पक्का बनाउने, टेन्सन नलिई पेन्सन बनाई दिने ठाउँमा हामी छौँ।

उसले कहिले आफ्नो स्पष्टीकरणमा झुठो नबोलेको तर फेरि पनि आश्वासन दिनेले कहिले चोरेको छ र ? इमानदारीको नाम हो नेताजी। उसले पेन्सन बनाए पनि कहिले विकास नभए पनि विकल्पको आधार नपाए जस्तो बनाएर भावनात्मक ब्लेकमेल भएको मनले ठगलाई ठग भन्नू नसक्ने दासत्व स्वीकार गरेर माटोको लडाइँमा लडेर बाजेको हड्डीसम्म मक्कैको ठाउँमा बसेर होला आजकल माटोको नाममा शहीद हुनु भनेको त कुकुर मरेको कि बिरालो बनाउने नेतालाई कहिलेसम्म पूजा गरेर चियरमा राख्ने दाजु ? सत्र पल्ट शिलान्यास भएको बाटो सरकारी कागजमा कतिपल्ट बनियो होला जनतालाई के थाहा ? ब्लक अफिसको चौकीदारले नै हामी जस्तो जनतालाई गेटबाट खेदाउने ठाउँमा छौँ अनि भन्छौँ जनताले जनताद्वारा जनताले शासन गरिने ठाउँमा हामी छौँ, अब भन्नू त हामी भोट हाल्ने भोट बैंक मात्रै होइन र ? गाउँमा भएको बजट कहिले अनि कता खर्च भयो भनेर जनप्रतिनिधिले कुन मैदानमा सर्वजनिक गरेको छ र ? भनिदिनु त ?

हामी मुख भएको मुर्दा हो कि जस्तो लाग्छ, गल्ती हुँदाहुँदै पनि स्यलोटेप लगाएर बस्नेमा म (हामी) पनि पर्छु कि जस्तो लाग्छ। भए भरको टेन्सनको दोकान बोकेर होला जीउ लाग्न नसकेर आजकल ठूलो हुरी आउँदा पनि गोजीमा ईटा बोकेर हिँड्नु परेको छ, कतै हुरीले सिमानामा पछार्ने पो हो कि ! हुनु पनि हामी जस्तो चोरी ल्यायो भुट्टी खायोको गोजीमा दम हुनु पर्छ नभए त यहाँ हावा हुरीले मात्रै होइन आफ्नै मान्छेले पछार्ने दाउ खेलेको पनि माटोको युद्ध बाटोमा आएर सेलाउनु परेको कथा सबैलाई थाहा नै छ । भन्नू त हावा नै चाहिन्छ र ? पछार्नु ! यहाँ कागजको खोसेल्टोले सबै गर्छ। तपाईंको बिचार, बुद्धि, ज्ञान, विज्ञान तब काम लाग्छ जब तपाईंको खल्ती धेरै चल्तीमा छ तब चल्छ। खल्ती भारी मात्रै होस न गोरु पनि बोल्नु थाल्छ। नभएको सिङ पनि टुप्पोबाट पलाउनु थाल्छ। जी हजुरी अनि नमस्कारको ताँती लाग्छ।

तपाईंको बिचारले यहाँ कुनै परिवर्तन आउनेवला छैन। परिवर्तन तब आउँछ जब निर्धक्कसित तपाईंले चुनावको समयमा पैसाको खोला बगाउनु सक्नु हुन्छ। एउटा कुरा यहाँ गोजी मात्रै चुने होस न तपाईंको आफन्तले सम्बन्ध तोड्नु थाल्छन्। सँगै खाने साथीले भाका अनि बाटो फेर्छ। यहाँ भन्दै गए उपन्यासको पन्ना कम्ती होला तर खल्तीको कुरा कहिले सक्किँदैन ।

ए……साँच्चै म के भन्दै थिए बात गर्दागर्दै यो भुलिने बानी साह्रो नराम्रो छ।

ए अँ साँच्चै यो कुर्सी …! अब फेरि नेताको कुरा गर्छ भनेर नसोच्नु। साँच्चै मलाई यो कुर्सी देख्दा पनि रिस पो उठ्छ आफू भुइँमा बसेर होला कुर्सीको लोभ कहिले लागेन तर बस्न पाए त कसले पो छोड्छ होला । यसो दाउ लगाउने सोचमा छु तर खल्ती खाली भएपछि घरको श्रीमती समेतले गाली दिनु थाले देखे यो कुर्सीको सपना पनि जन्मनु नपाई माटोको कुरा बाटोमा आएर सकेको जस्तो भएको छ।
तपाईं संसारको जत्रो पनि आन्दोलन हेर्नू जुन आन्दोलनमा पैसा चल्छ नि तब त्यहाँ बाठोहरूले शासन गर्ने थाल्छन् अनि जनता यता न उताको भएर पापा हेर्नू थाल्छन्। विवेकशील मानिसहरू चिच्याउनु थाल्छन् तब पैसाको बलले विद्वानहरूलाई दमन गर्नु थाल्छन् । अन्तमा सबै शान्त भएपछि बिस्तारै मूल मुद्दाबाट जनतालाई भड्काउनु थाल्छन् तब अनेकौं थोत्रो कुराहरूको लोभ देखाउनु थाल्छन्।

ए… म पनि कता कुर्सीको कुरा खल्ती-चल्ती कुरा गर्दागर्दै टुङ्गो न फेदको आन्दोलन जस्तो कुराको विश्लेषण गर्दै रहेछु । कतै गलती लेखे फेरि बाठो भयो भनेर दुई प्रश्न कडा राखिदिए यही बोल्ने कुरा पनि भित्तामा नाँग टालेको जस्तो चुपचाप बस्नु पर्छ।

ए …..कुर्सी! के त ?जीवनमा अगाडि बढनु छ भने कहिले कसैलाई आफू बसेको कुर्सी नदिनु। तपाईं बसेको कुर्सी तपाईंको मान हो, सम्मान हो। कुनै पाल्तु कुकुर तपाईं भन्दा ठुलो छैन। शिक्षा, पेशा, पैसालाई नहेर्नु यदि यो हेरेर तपाईं कुर्सी छोडेर शरण लिनु हुन्छ भने तपाईं भावनात्मक रुपमा कमजोर भएको हो। भोलिको दिनमा यही तपाईंको कुर्सीमा बस्नेले तपाईंलाई धुलो चटाउँछ। पाएको कुर्सी तब मजबुत हुन्छ जब तपाईंको खल्ती भरेको हुन्छ। हाम्रो समाजलाई एउटा कुरा भनौं भन्छु तर गोर्खालाई एक पैक दिनु बुद्धि नदिनु भनेर एउटा अफिसरले भन्थे हो कि जस्तो लाग्छ।

गोजी चुने मात्रै छ भनिदिनु तपाईंको नातागोता आधा त गाउँमा हराउँछ। फेरि खल्ती भरि छ भनेर चाल पाउनु मात्रै पर्छ गोरुबेचुवा साइनो लगाउँदै घरमा आइपुग्छन्। गोरुबेचुवा क्या त हाट बजार लगाउने साइनो। हुनू पनि संसारमा यो खल्ती कसले बनायो होला नि।हुनेलाई जता पनि नहुनेलाई कतै न कतै। बाले भन्थे दिन बलियो हुनुपर्छ नाति गोरुले बच्चा दिन्छ भन्थे हो कि क्या हो। हुनेलाई जताबाट पनि हुन्छ हामी जस्तो लुतो लागेको मान्छेको गोजी समेतलाई चिलाउने घाउ आएको हुन्छ।

जे होस खल्ती चल्ती भएको राम्रो। भरी खल्तीले जता पनि पुराउनु सक्छ। खाली खल्तीले भएको गन्तव्य पनि छोड्ने बनाउँछ।

०००
मिलन मोड, सिलगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोजी

गोजी

कृष्ण शर्मा सुमु
होमवर्कले थिचेको भुण्टे

होमवर्कले थिचेको भुण्टे

कृष्ण शर्मा सुमु
टुङ्गो न फेदको कुरा

टुङ्गो न फेदको कुरा

कृष्ण शर्मा सुमु
हामी त्यो जमानाको मान्छे

हामी त्यो जमानाको मान्छे

कृष्ण शर्मा सुमु
बोतल

बोतल

कृष्ण शर्मा सुमु
जुँघा

जुँघा

कृष्ण शर्मा सुमु
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x