साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइ !

आफ्नै परिभाषाको मूर्छना संगालिरहेका छन् त्यसैले परिस्थितिको दुस्मनी आँखाभरि नचाएर भाइ ! कविता नलेख्नोस् चुपचाप निदाउनोस् सपना नदेख्नोस् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

भाइ !
अब कविता नलेख्नोस्
चुपचाप निदाउनुहोस्
सपना नदेख्नोस् ।

तपाईंका बारुद बनेका बिम्बहरु
माझ सडकमा मजाले पड्किंदा
आफैं पनि घाइते बन्नुहुनेछ ।
फोहोरी दिनका दुर्गन्धित बर्तमानहरु
सम्साँझै सडकमा उघार्दा
हजुर पनि गनाउनु हुनेछ, विषाक्त हुनुहुनेछ
त्यसैले
भाइ ! अब कविता नलेख्नोस् ।

मरेका दिनहरुको इतिहासले
तर्सीरहेका छन् स्कुले बच्चाहरु
गणितमा एकमा एक जोड्दा एकै हुन्छ भन्नेकुरा
बेकुफी कथा बनिसक्यो
तपाईं भने अझै चौरास्तामा
कविता बमन गर्दै हुनुहुन्छ ?
हैन भाइ ! हैन
अब कविता नलेख्नोस्
चुपचाप निदाउनोस्
सपना नदेख्नोस् ।

जीवन असीमित आकाङ्क्षाहरुको
सानु दरिया हो
समुन्द्र त टाढाको कुरा भयो
पौडिन नजान्नेहरु खोल्सो देख्दै तर्सिन्छन्
राग अनुरागको सापेक्षता
आफ्नै परिभाषाको मूर्छना संगालिरहेका छन्
त्यसैले
परिस्थितिको दुस्मनी आँखाभरि नचाएर
भाइ ! कविता नलेख्नोस्
चुपचाप निदाउनोस्
सपना नदेख्नोस् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x