सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रजातन्त्रको दीर्घायु कामना

वायाँ छन् थुनेर सरकार गिराउनेहरू । दायाँ छन् अपहरण गरेर अविश्वास जित्नेहरू । किनेर अभिमत सिद्ध गर्नेहरू जति सरकारमा छन् । एकले अर्कोलाई राम्ररी चिनिसकेकाहरूको सामु लुगाको कुनै अर्थ छैन। आऊ हामी पनि आ-आफ्ना लुगा फुकालौं।

Nepal Telecom ad

कृष्णचन्द्रसिंह प्रधान :

हारजितको जुवामा कि हस्तिनापुरको राज हुन्छ कि चपरीमुनिको वास । राजनीति पनि एउटा जुवा हो। जुवा जत्तिकै खतरनाक । ज्यानसमेत जाने यस जुवामा कि राज गरिन्छ कि बलि चढिन्छ। यति साहस गर्न नसक्नेहरू कहाँ जुवा खेल्छन् र राजनीति गरून् । दुवैका लागि चाहिने पुरुषार्थले उनीहरूलाई अदम्य शक्ति दिंदोरहेछ। यस अर्थमा जुवाडेलाई जुवाडे होइन पौरखी मन्नुपर्छ, राजनीति गर्नेलाई वीर। फरक यति हो कु गर्ने नेताले ज्यान थाप्छ, जुवा खेल्नेले सर्वस्व । ज्यान थापेर जोखिम कवुल्ने र सर्वस्व थापेर सङ्कट झेल्नेले नै राजनीति गर्ने आँट गर्छ, जुवा खेल्ने साहस। म यसलाई उनीहरूले गर्ने लगानी भन्छु व्यापारीहरूले पूँजी लगानी गरे जस्तै एउटाले ज्यानको लगानी लगाउँछ, अर्कोले सर्वस्व ।

राज्यका लागि ज्यान दिनेलाई ज्यानभन्दा ठूलो हुन्छ राज्य । रुपियाँका लागि ज्यान दिनेलाई ज्यानभन्दा प्यारो हुन्छ सम्पत्ति। दुवैले ज्यान थापी ज्यान गुमाउने जोखिम सकारेर अन्त्यमा कि राज गर्छ राणाले जस्तै कि सहिद हुनुपर्नेछ जुल्फिकर अलि भुट्टो जस्तो। कि सर्वस्व हारेर युधिष्ठिर जस्तो तन्नम हुने छन् कि दिव्यदेव पन्न जस्तो धनवान् ।

तिमी जुवा खेलेर राजनीति गर्ने शकुनी होडनी थाहा छ। तिमी राजनीतिलाई जुवा ठानेर ज्यान दिने जियाउल रहमान होइनों यो पनि थाहा छ। नत्र कहाँ सहिद हुन सक्थे र राज‌नीतिज्ञहरू । बरु सहिदलाई थापेर राजनीति गर्नेहरूले देशलाई पनि खाल बनाइदिए। अनि हामी मयीं हार्न नजान्ने शकुनी-फेल गरेर जुवा जिल्ने वा छल गरेर राज्य गर्नेहरूको आदर्श । यस अर्थमा दुवै खेल खेल्ने राजनीतिज्ञहरू एकौटा शकुनी हुन्। फेल गरेर श्रीसम्पत्ति जितेजस्तै छल गरेर राज्य पनि खोसे भने के आश्चर्य? यसैले होला शकुनीले जस्तै तिमी पनि ठूल्ठूला कुरा सोच्छौ, मात्र ठूल्ठूला कुरा-पड्यन्त्र, विघटन, अविश्वास, समीकरण, विस्फोट, लडाउने, पछार्ने, हडताल. वन्द आदि इत्यादि ।

साँच्चि, तिमी जो विकासको कुरो गर्दै, तिमी जो महँगीको कुरो गछौं, तिमी जो भविष्यको कुरो गछौं. तिमी जो गरिबीको कुरो गछौँ, बेरोजगारीको कुरो गछौँ, अन्यायको कुरो गर्छौँ, राहत असुरक्षा. देश, जनताको कुरो गछौँों के त्यो तिमी नै बोलिरहेका हौ ? सोधेको नि। यो बोल्ने तिमी होइनौ भन्न कहाँ चाहेको हुँ र। तिमी भने स्वालि तिमी नै भएर देखापर्छौ। तिमीसँग फगत तिमी छौ. शकुनी छ. दुर्योधनहरू छन् साथी स‌ङ्गाती, आफन्त र अघिपछि लाग्नेहरू ।

अचेल त राजनीति नलागेको मान्छे नै देख्दिनँ। यत्ति थुप्रो दलमा वाँडिएछौं एउटाले अकर्कोलाई चिन्नै छाडिसक्यौं। सबैका लागि सबै पराड माँदएको आ-आफ्नो भीतेली सिमानामा मोर्चा खोली बसेका छौं थुम्कायुम्काका राजाहरूकै । तिनीहरूकै जनता लाग्ने रेती जस्ता कार्यकर्ताहरूका आ-आफ्ना भिड छन्-सेनामेना मर्नु कि यसलाई जो बेलाबखत एकाकासँग भिड्छन् र मात्र सत्तास्वार्थका निमित्त आधार शिविर बनिदिएका छन र काँधमा बोकेर नेतालाई सौराली पुऱ्याउँछन् । ओह। कसैका प्रति कोही विश्वासिला माएनौं। ऐन मौकामा अनुपस्थित मइदिएर क्या जबरजस्ती तुरुष प्रहार गरे-एकै चोटमा, गल्यांमगुर्लुम। स्वै, कहाँ छ आचारसंहिता, के हो लक्ष्मण रेखाहरू । नैतिक बन्देज हराइसकेको यस विश्वासको सङ्कटबाट कहिले उम्किन हो। यस सङ्कीर्णता र साँपुरा घेराहरूबाट ?

जाँड लागेका राजनीतिज्ञहरू र राजनीति लागेका जंड्याहाहरूको जस्तो क्या अचम्मको मुठभेड छ- मिल्छाैँ, समीकरण गर्छाैं, फुट्छाैँ, फुटाल्छाैँ र एक आपसमा भिडछाैँ। लागेपछि लागु पदार्थजस्तै भइदिन्छौँ न त्यसले छोड्छ न हामी छोड्न सक्छौं झन्झन् टाँसिने र परित्याग गर्न नसक्ने अमल्चीले झै स्वाद लिलिई संवन गर्छाैं- जंड्याहाले राजनीति सेवन गरेझैं, राजनीतिले जँड धोकेकै ।

आमा भन्छिन्- रक्सी नखाऊ छोरा । यसले सत्यानाश गरिसक्याे। छोरो सुन्छ र नसुने जस्तै गरी हिँडिदिन्छ ।

गिरिजा सरकारको विरोधमा अविश्वासको प्रस्ताव ल्याउँछ का‌ङ्ग्रेसीसँगै मिलेर एमालेले । अनि भन्छ- देशमा भ्रष्टाचार बढ्यो, वेरोजगारी बढ्यो, महँगी बढ्यो असुरक्षा बढ्यो र पारिवारीकरण गरिरहेछ सरकार ।

प्रधानमन्त्री गिरिजाचाहिँ संसद नै विघटन गरी मध्यावधि चुनावको घोषणा गर्छन्। आफ्नो बहुमतको सरकार गुमाएर गिरिजाबाबु आफू पनि ढल्छन् । ढलेको ढलै भयो एकमना सरकार ।

भट्टी नै मन्दिर बनेको तिम्रो माया चाहिएको छैन । छोराछोरी भोकै छन् कि नाङ्‌गै तिमीलाई के मतलव ? स्वास्नी जङ्गिन्छे। रात सधैझै ढलिमली गर्दै साबिकको महाभारत बोकेर पर पस्छ। जंड्याहा ठान्छ- म ठीक, अरु बेठीक।

एमाले सरकार आउँछ । विरोधीसँगै मिलेर काङ्ग्रेसले अविश्वासको प्रस्ताव राख्छ र भन्छ देशमा भ्रष्टाचार बढ्यो, महंगी बढ्यो, अनिश्चितता बढ्यो, आतङ्क बढ्‌यो र एमालेकरण गर्दैछ यो सरकार । सरकारचाहिँ संसद विघटन गरी मध्यावधि चुनाव गराउन खोज्छ गिरिजाले हैं। सफल हुँदैन। एमाले सरकार आफैँ ढल्छ। ढल्नुअगाडि नै ढलेका प्रधानमन्त्री अधिकारी अस्पतालबाटै डेरा प्रस्थान गर्छन् ।

सबैले सबैको सरकार विरुद्ध लगाउँदै आएको आरोपको यो कोरस गीत सुन्छु र सुनिरहेको छु टेप बजे कोलाहल भरिएको आकाशमा चचह चचह गर्दै गुन्जिरहेको उही भ्रष्टाचार, अनिश्चितता, गरिवी निवारण, राजनीतिकरण र प्रजातन्त्र जोगाउने आलापहरू निरन्तर, निर्विकार, एउटै लय, सुर, ताल, भाखामा समवेत । मानें यो बाहेक शाश्वत वस्तु र जल्दाबल्दा समस्या हुँदैछैन। जति पनि सरकार आए-गए, बने-दले आरोपको यही कोरस गीतवाट काजकिरिया सुरु हुन्छ र त्यसको अन्त्यपछि वन्ने सरकारको पनि स्वर्गाराेहणको बाटो निष्कण्टक होस् भन्नाका लागि यही कोरस गीत गाएर गौदान र पुरश्चरण थालिन्छ ।

स्थिरता र प्रजातन्त्रका नाममा राजनीति गर्नेहरू जनता र जनवादका नाममा राजनीति गर्नेहरू सपथ खाइवाई राजनीति गर्नेहरू भ्रष्टाचार, दुराचरण, महँगी, राजनीतीकरणको विरोधमा राजनीति गर्नेहरू मात्र प्रतिशोधमा इस्व फेछौं र कसैलाई टिप्छाैं, कसैलाई फाल्छौं, कोही यताबाट उता हुत्तिन्छन्, कोही उताबाट यता, कोही डाँडापारि पुग्छन्, कोही डाँडावारि । यसरी तह लगाइन्छ ।

नालीको पानीले नुहाएर चोखिन खोज्ने हामी, ठर्रा पनि नसिव नभएका हामी आज ह्विस्कीले नुहाउँछाैं पजेरो चढ्‌छौं। अनि भाकल गर्छ मुट्टी आकाशमा तन्काएर। हो मात्र किरिया खान्छाैं सपथ लिन्छाैं, सरकार ढाल्छौं, सरकार बनाउँछौं । ठीक त्यस्तै भएपछि जस्तो बिहान जाँड नखाने किरिया खाई निस्कन्छ र बेलुका भएपछि टिल्ल परेर जङ्‌गबहादुरको घोडा चढी घर फर्कने गर्छ।

लाग्छ जाँड र राजनीति एउटै एउटै हुन्। जाँड लागेजस्तै लाग्दोरहेछ राजनीति पनि । राजनीति लागेजस्तै लाग्दो रहेछ जाँड पनि। लागेको बेला जङ्गबहादुर बनिदिन्छौं कि त उसकै घोडा चढेर मात्तिन्छौं र उफ्रन्छौं। न भुइँमा खुट्टा हुन्छ न बोलीमा लगाम, न वचनमा पक्का न आचरणमा शुद्ध सफा। फरक कति भने जाँड लागेपछि डराउन छाडिँदोरहेछ, राजनीति लागेपछि लजाउन छाडिँदोरहेछ । जाँड लाग्नेहरू झुठ बोल्दैनन्, राजनीति लागेकाहरू सत्य बोल्दैनन् । हामीचाहिँ साँचो बोल्ने जंड्‌याहाको कुरालाई बकबास भनी टार्न खोज्छाैं अनि झुठो बोल्ने राजनीतिको कुरो शिर झुकाई थाप्छौं।

एउटाको सत्यमा बेहोसीको आनन्द छ, अर्कोको फट्याइँमा मात लाग्नेको मोहनी छ । रक्सी धोकेर बाजि अलि साह हुने र राजनीति गरेर इदी अमिन बन्न खोज्ने लतका मान्छेहरू आ-आफैमा एकौटा जङ्‌गबहादुर हुन्। एउटा नधोकुञ्जेल फट्याई गर्छ, अर्को धोकेर पनि नधोकेको स्वाङ गर्छ। दुबै लतको रङ चढेपछि के चाहियो र। न राजनीतिको रन्कोलाई कजाउन सक्छ न जाँडको फन्कोलाई धान्न सक्छ ।

एउटा मात लागेर नाङ्गिन्छ, अर्को सत्ता लागेर चुरिन्छ । दुवै एउटैमा मौलाइरहेको प्रदूषणको चपेटोमा शुद्ध पर्यावरणको आस गर्नु कति सम्भव होला ?

जाँडले छोएको राजनीति, राजनीति लागेको जाँड दुबैको संसर्ग र सहवासको आनन्द भोगेर सायद कसैमाथि बलात्कार गर्दैछौं। जरुरी छैन यो बलत्कार देशमाथि हुनुपर्छ, प्रजातन्त्रमाथि हुनुपर्छ, तिमी हामीमाथि नै हुनुपर्छ तर भोग्याको रूपमा अपहृत र शोषितमात्र भइरहेबाट होइन भन्नु कसरी ? राणा आयो एकसय चार वर्ष गोठ्‌यो। पञ्चायत आयो तीस वर्ष लुट्यो । प्रजातन्त्र आयो यसले पनि भकुरेको भकुर्यै छ। मानूँ देश भनेको अक्षत योनीकी सदाबहार नारी हो। बलात्कार गरेर अनिपछि प्रेम गर्न खोज्ने प्रेमीहरू पहिले शीलभङ्ग गर्छन् ।

बरण गर्न नसक्ने स्थितिमा निरीहता र विवशता सिर्जेर रजाइँ गर्छन्, होइन भने थाप्ने भाँडो तुल्याएर अर्को गगनगञ्ज खडा गर्छाैं, अर्को दालमन्दी बसाउँछाै ।

बलात्कृत नारी कुमारीझै पवित्र हुन्छे भन्छन्। त्यसैले हो कि सधै बलात्कृत भइरहेर पनि देश कहिल्यै अपवित्र भएन, जनता अपवित्र भएनन्, तिमी हामी अपवित्र भएनौं। हो, यो देशलाई मदनमणिको माधवी भने हुन्छ। अक्षत योनीको केशशुक्ला नारीकै जहिले हेर माधवी भएर भएर बाँचिदिनु परेको छ, माधवी भएर थापिदिनु परेको छ। दासमोचनको नाउँमा होस् कि गुरु दक्षिणाको नाउँमा, प्रजातन्त्रको नाउँमा श्यामकर्ण घोडाका लागि वेश्या सरह त्यसका मालिकसँग सुतेर छोरा पाइदिनु पर्ने माधवी त केवल जाया भइदिन्छे। हामीचाहिँ कहिले श्यामकर्ण घोडा हासिल गरी ऋणमुक्त हुन्छौं भन्ने आसले गालव भई माधवीलाई डोऱ्याएर कहिले यस मालिक कहाँ पुग्छौं कहिले उस मालिक कहाँ पुग्छौँ। गालवको ऋण मुक्तिका लागि केश शुक्ला हुने माधवी र देशलाई मुक्त गर्न हुने जनताको नियति एउटै एउटै लाग्छ। अन्ततः ऋणमुक्त हुने गालवबाटै तिरस्कृत हुन्छे माधवी, यता पुनर्स्थापित प्रजातन्त्रबाट उपेक्षित हुन्छ देश, यहाँका जनता। न गालवलाई वेदको आचारसंहिताले छुन्छ न प्रजातन्त्रलाई लिङ्‌ङ्कनको नैतिकताले बाँध्छ, न साम्यवादीलाई मार्क्सको घोषणापत्रले छेक्छ । राजनीति त श्यामकर्ण घोडा पो रहेछ। अस्ति राणाहरू चढ्ये, हिजो पञ्च नेताहरू, हिजोआज हामी चढ्न उत्ताउलिएका छौं। यो घोडा दिएर आजका कुनचाहिं गालवलाई ऋणमुक्त गर्नु छ हैं ? यसका पछि लागेर माधवीझै फेरि अर्को अर्को कन्याकेटीलाई वेश्या बनाउँदै अन्त्यमा मुक्त हुनेबाटै उपेक्षित, अस्वीकृत भई जङ्गल पलायन गर्ने माधवीलाई जस्तै यो दुर्नियतिको सिकार किन हुने ? यस्तोमा मूल्य, मर्यादा, सदाचारको कुरो गरी सबैले सबैलाई नैतिक हुने दबाउ दिएर यहाँ अब कोही कदाचारी छैनन् भनी किन कसैको हुर्मत लिने काम गरूँ ? किन निर्लज्जता प्रदर्शित गरेर आफ्नै अपमान गरूँ ?

यस खुसियालीमा आऊ। अपशब्दका कीटाणुहरू निस्कने मुखमा दुईचार थोपा भए पनि छिराएर घाँटी साफ गरौं।

अनैतिक भयौँ भनेर अब कसैबाट आरोपित हुनुपर्ने छैन। भ्रष्टाचार गर्यो भनेर अख्तियार दुरुपयोगले अदालतमा नालिस गर्नसक्ने छैन। कालोबजार गौँ मनेर प्रहरीले पुर्जी काट्नसक्ने छैन।

बलात्कार गर्यो भनेर समाजले दण्डित गर्नसक्ने छैन। अपराध नै नठहरिएपछि अपराध गर्नेलाई कसले दोपी भन्ने ?

अनैतिकता जति स्वनिर्वासित भइसके सिंहदरवारको कुर्सी, भोजनालयमा । मनोरथ पुगिनसकेकाहरू सयौं, हजारों छन् । कोही व्याक डोरबाट छिर्ने कोसिस गर्छन्। कोही जात फाल्छन् कोही व्यूह रच्छन् । जसको जातै छैन उसको जात जाने कुरै भएन । जात हुनेहरू पनि जात फाल्ने होडमा तँछाडमछाड गर्दैछन् । जात गयो कि गएन थाहा छैन। रहेछ र गएकै हो भने पनि चिन्ता गर्नु पर्दैन। ओहदा र पैसोले जात किन्न पाइन्छ, पतिया लिन सकिन्छ तर होइन, एक छत भइसकेको समाजमा कहाँ जात छ र जात जाने कुरा गर्छौं।

अरू प्राणीभन्दा बेग्लै जातको प्राणी हो मान्छे। अर्थात् मान्छेहरूको जात भन्नु नै मात्र मान्छे हुनु हो। हामी यही जातका मान्छे हौं। हाम्रो अर्को जात छैन। यो जात पनि जाने हो कि मनेर मात्रै चिन्तित छु। अर्थात् मान्छे हुनाको बोध । सवैभन्दा टड्‌कारो पहिचान उसको मान्छे हुनु नै त हो नि। यो पनि खिइँदै, भासिँदै गइरहेको क्रममा पशु र मान्छेमाझको दूरी मेटियो भने अहो। मान्छेको जात कहाँ बाँकी रहन्छ र हामी वेग्लै हौं भनेर चिनिन सकौं ?

वायाँ छन् थुनेर सरकार गिराउनेहरू । दायाँ छन् अपहरण गरेर अविश्वास जित्नेहरू । किनेर अभिमत सिद्ध गर्नेहरू जति सरकारमा छन् । एकले अर्कोलाई राम्ररी चिनिसकेकाहरूको सामु लुगाको कुनै अर्थ छैन। आऊ हामी पनि आ-आफ्ना लुगा फुकालौं।

ज्ञान, पद, प्रमाणपत्रहरूको जनेउ किल्लामा झुन्ड्याएर कसैको सुभाषित आशीर्वचन बिना क्यै हुन नसक्ने प्रजातन्त्रमा आऊ, एक जोडा हात उचाल्ने सीपको विकास गरौं ।

उँभो लाग्दालाग्दै उँभो लाग्नेहरूको उँचाइ नै हराइसकेको उकालोले तिम्रो-हाम्रो घाम चोरेछ, उज्यालो खोसेछ, दिन छेकेछ । आऊ, छेकेरै पहाड हुन खोज्नेहरूको छहारीमा मौन तपस्या गरेर प्रजातन्त्रको दीर्घायुको कामना गरौं।

०००
२०५४, भदौ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लूजफिट

लूजफिट

कृष्णचन्द्र सिंह प्रधान
पाती टिप्नुभन्दा अघि

पाती टिप्नुभन्दा अघि

कृष्णचन्द्र सिंह प्रधान
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x