साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाती टिप्नुभन्दा अघि

वास्तवमा हास्य र व्यङ्ग्य साहित्यको अभिन्न अंग हो । अब यो भाव प्रकाशनको माध्यम भएर शैलीमा परिणत भइसक्यो । यसको अभावमा साहित्य ने खल्लो र न्यास्रो लाग्न थाल्छ । अथवा त्यो एउटा संजाप हो, जसले वर्णन गरिने वस्तुमा सौन्दर्य थपेर त्यसलाई प्रेय र श्रेयले ग्राह्य तुल्याउँछ ।

Nepal Telecom ad

कृष्णचन्द्रसिंह प्रधान :

‘भूत छैन’ ले भूतको भिनाजुलाई जन्मायो । म उसलाई चिन्दिनथें । तर भुतको भिनाजु ! पक्कै डरलाग्दो मान्छे हुनुपर्छ – अड्कल काटें । (उतिबेला उपनाम पनि राखिन्छ भन्ने मेरो बच्चा बुद्धिले ठम्याइसकेको थिएन । ) पछि त्यो भूतसित साक्षात्कार भयो । ऊ भूत रहेछ तपार्इं हामी जस्तै मान्छे – अर्थात् वासुदेव शर्मा लुइँटेल ।

भूतको हाउ गयो ।

मैले ठम्याएँ मान्छे भूत हुन सक्तोरहेछ, होइन, भूत भइदिँदो- रहेछ मान्छे भूत अर्थात् हाउ । यो हाउ कति (अपराधी वा कमजोर ? ) मानिसहरूको मनमा गडेर भूतै भई अङ्कित भएको होता ! हो, यही अङ्कित हुनसक्ने हाउ हो भूतको भिनाजु । त्यसैले उनका बोलीहरू भूतको आवाज जस्तै लागेर कसैलाई तर्साउने बन्न सक्छन् । अथवा उसका शब्दहरू बुलेट जस्तै लाग्ने र कांडा जस्तै बिकने भइदिन सक्छन् । अथवा होइन, यो केटाकेटी तर्साउने भूत होइन । अर्को क्यै हो – कसो बुझिदिँदैनन् ! त्यसैले उसका गोत्रहरूमा ताल मिलाउने र भाउमा अर्थ खोज्ने गर्छन् र सबैको संयोगमा (बुझेर हुनुपर्छ) रस लिई आनन्दित हुन्छन् !

साँचो कुरा केभने मान्छे मै कुनै कमजोरी नभई मान्छे आफै डराउँदैन । यी कमजोरीहरू नै हुन् भूतको भिनाजुको सामग्री तथा उसको कुकुरडाइने लट्ठी ।

भूतको डर र त्रासले आतंकित भएर यदि नडराउनको लागि उसबाट आफ्ना दोषहरू र कमजोरीहरू हटाउन कोही प्रेरित हुन्छ- भने त्यो भुतले प्रत्येकको मुटु समाओस् ! कसैलाई आनन्द र सन्तोष दिन्छभने यो उसको वैयक्तिक नभएर सामाजिक हुन जान्छ ।

तसर्थ भूत क्यै होइन, भूत उभ्याइन्छ- आफैँले आफैमा विभिन्न कमजोरी जन्माएर । भूतको भिनाजुले त्यसलाई टिपे, त्यसलाई गाँसे, यही ‘भीमसेनपाती’ मा सजाएर ।

‘भीमसेनपाती’ कविताहरूको संगालो हो । यो कविता नयाँ होइन, त्यसकारण पुरानो पनि भन्न मिल्दैन । यो कविता हो- त्यति नै प्रशस्त छैन र ? हैन भनिदिएर पुग्ने होभने दुवै हो नयाँ पनि पुरानो पनि । किन कंजुसी गर्नु ? किनभने यसले कविताको धर्म छाडेको छैन । हरेकले आफ्नो क्षेत्रभित्र बसेर त्यस धर्मको पालन राम्ररी गर्न सकेको छभने त्यस नाउँको हकदार स्वयं त्यो हुन्छ ।

प्रस्तुत कविताको धर्म हो हास्य र व्यङ्ग्यको सृष्टि गर्नु । त्यस कारण हास्य र व्यङ्ग्य नै त्यस्ता कविताको मुटु हुनाले यो नै पहिलो आवश्यकता ठहरिन्छ । अनि प्रत्येक हाँसो तथा व्यंग्यले नयाँ वा पुराना विचारका मानिसलाई एकनासले छुन्छ भने यो त्यसको शाश्वत स्वरूप हो— कविता हुनुको ग्यारेण्टी । यही हकको हकदार यसका कवितालाई म ठान्छु ।

नेपालीमा हास्य वा व्यङ्ग्यको कविता लेखेर भूतको भिनाजुले निकै अघिदेखि यो खाँचो टार्ने जमर्को गर्दै आएका हुन् । र यो प्रयत्न अहिलेसम्म विद्यमान नरहेको भए हास्यव्यङ्ग्यसम्बन्धी प्रकाशनले कुनै योजनाको रूप लिन सक्तैनथ्यो । त्यस कारण प्रस्तुत सङ्ग्रहसितको भेट पनि हुन्नथ्यो ।

नेपालीमा हास्य र व्यङ्ग्य साहित्य अरूको दाँजोमा छँदैछैन होइन, तर धेरै पछि र धेरै अल्छी चालको छ । यसको विकास स्वयं कवि लेखकहरूमा निर्भर नभएर स्वतन्त्रतासित सम्बन्धित पक्ष पनि यो हुनाले सुहाउँदो परिस्थितिको खाँचो पर्छ । हास्यको सांस्कृतिक परम्परा रहे पनि साहित्यमा त्यसको शिष्ट जग बस्न सकेन र अनुदार व्यवस्थामा व्यङ्ग्य साहित्यले फस्टाउने मौका नै पाउँदैन ।

वास्तवमा हास्य र व्यङ्ग्य साहित्यको अभिन्न अंग हो । अब यो भाव प्रकाशनको माध्यम भएर शैलीमा परिणत भइसक्यो । यसको अभावमा साहित्य ने खल्लो र न्यास्रो लाग्न थाल्छ । अथवा त्यो एउटा संजाप हो, जसले वर्णन गरिने वस्तुमा सौन्दर्य थपेर त्यसलाई प्रेय र श्रेयले ग्राह्य तुल्याउँछ । अथवा रोचकता, धारिलोपन र चेतनताको तीव्र अनुभूतिको बोध गराउने सबभन्दा तीखो शैली हो । वर्तमान साहित्यमा व्यङ्ग्य त आत्मा जस्तै टाँसिन पुगिसक्यो । किनभने यो जीवन नै एउटा व्यङ्ग्य जस्तो लाग्छ – यो समाज, यो गतिविधि, यी व्यवहारहरू, यो मान्छे र यो सभ्यता सबै आफूमा एक – एकओटा व्यङ्ग्य बोकेका प्रतिमूर्ति जस्ता । त्यसैले आधुनिक अनुभूति मानिसको लाशमाथि बनेको सभ्यता होभने आधुनिक साहित्य सम्पूणर् मनुष्यप्रति गरिएको अवहेलनाहरूको व्यङ्ग्य-भण्डार हो ।

साथै छुट्टै पनि यसको आफ्नो अस्तित्व छ । जति हाँसो मा व्यङ्ग्यको तहमा सबै क्रियाकलापलाई हेर्ने र टिप्ने गरिन्छ त्यति बेलाको साहित्य निश्चय नै हास्य वा व्यङ्ग्यमा व्यक्त हुनेछ । ‘भीमसेनपाती’ यस्तै स्वतन्त्र अस्तित्व बोकेको त्यस क्षण र घडीको कविता हो, जहाँ जीवनका यथार्थहरू हाँसो र व्यङ्ग्यमा ओर्लेर कानेखुसी गर्छन् र एउटा सत्य उभ्याएर हामीलाई हामीसितै परिचय गराइदिन्छ ।

‘भीमसेनपाती’ ले यो अभाव पूरा गर्न खोजेकोमा वासुदेव लुइटेलज्यूलाई पेश्की धन्यवाद छ ।

०००
वासुदेव शर्मा लुइँटेलकाे ‘भीमसेनपाती’मा प्रधानकाे भूमिका 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
लूजफिट

लूजफिट

कृष्णचन्द्र सिंह प्रधान
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x