सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवीकका सुपुत्र कृष्णचन्द्रसिंह प्रधानको जन्म नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । घरमा बोलाउने नाम गोविन्दप्रसाद हो ता पनि साहित्यमा कृष्णचन्द्रसिंह प्रधानले सुपरिचित छन् । स्कूल कलेज पढ्ने अवसर नपाए पनि स्वअध्ययनबाटै नेपाली साहित्यका लाैह समालाेचकका स्थापित प्रधानले हास्यव्यङ्ग्य लेखनमा पनि परिचय स्थापित गरेका छन् । भन्ज्याङनिर कवितासङ्ग्रह उनकाे पहिलाे प्रकाशित कृति हाे । ‘कवि व्यथित र काव्य साधना’ (२०१५) का लागि मदन पुरस्कार प्राप्त प्रधान मूल रूपले समालाेचक व्यक्तित्व हुँदाहुँदै पनि निबन्धमा प्रधानकाे सशक्त उपस्थिति रहेकाे छ । ‘सालिक‘ (२०२६) , ‘अनाम सत्य’ (२०४४), ‘पाइलाः आगतमा टेकेर’ (२०४७), ‘वाग्मतीको हरक’ (२०५७), ‘नफर्कने ती दिनहरू’ (२०५९), ‘जीन्दगी टिपोटहरू’ (२०६३) ‘समय सुनामी’ (२०६३) प्रधानका निबन्ध कृति हुन् । उनका निबन्ध र कवितामा व्यङ्ग्यकाे प्रक्षेपण निकै प्रभावकारी रहेकाे छ । साझा पुरस्कार, उत्तमशान्ति पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, धरणीधर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदकले सम्मानित प्रधानकाे २०६७ असार १७ गते निधन भयो ।
प्रजातन्त्रको दीर्घायु कामना
कृष्णचन्द्रसिंह प्रधान : हारजितको जुवामा कि हस्तिनापुरको राज हुन्छ कि चपरीमुनिको वास । राजनीति पनि एउटा
पुरा पढ्नुहाेस्लूजफिट
कृष्णचन्द्रसिंह प्रधान : हरेक नयाँ सृष्टिसित मेरो प्रीति छ हरेक नयाँ चीजसित मेरो दोस्ती छ नयाँ
पुरा पढ्नुहाेस्पाती टिप्नुभन्दा अघि
कृष्णचन्द्रसिंह प्रधान : ‘भूत छैन’ ले भूतको भिनाजुलाई जन्मायो । म उसलाई चिन्दिनथें । तर भुतको
पुरा पढ्नुहाेस्

krishnachandra singha pradhan


























