कृष्णचन्द्र सिंह प्रधानलूजफिट
सेक्रेटेरियटमा कामको डिजाइन लूजफिट छ हरएक घरमा देख्छु हिरोइन लूजफिट छ सभासदहरूको समयको कट लूजफिट छ युवक युवतीहरूको हिँड्ने ढब लूजफिट छ ।
कृष्णचन्द्रसिंह प्रधान :
हरेक नयाँ सृष्टिसित मेरो प्रीति छ
हरेक नयाँ चीजसित मेरो दोस्ती छ
नयाँ चाहनु मेरो मनको रीति छ
जे-जे नयाँ हुन्छ सबैसित सन्धी छ
त्यसैले अज्ञात
कहिलेकाहीँ अनायास
लुकी-चेरी दबी-फुर्की पुग्दछ दृष्टि त्यहीँ
जो नयाँ भएर पनि झापनो हुन कहिल्यै पनि !
नयाँ प्यारो लाग्दछ, राम्रो भएर होइन,
जिन्दगी प्रिय छ, तर बुढ्याई होइन,
स्वर्गको देवी या चलचित्रकी रानी सरी
राम्री छ श्रीमती मेरी
झन् मुस्कान क्या मीठो !
झ्न्, मुस्कान क्या मीठो छ
छरितो छाँट, छरितो बात
शरीरले सेंट दिँदो छ
एक हेराईमै तिनको लाग्दछ सय कपको नशा तैपनि
कति भद्दा !
कति रुख्खा !
लाली पाउडरले पनि छोप्न सक्तैन-
मेरो नयाँ चाहको नयाँ आँखा !
किनभने पुरानी भइसकी !
जमाना आज नयाँको छ
सडकमा प्यान्ट हिँड्दछ
सभामा सूट बोल्दछ
हलमा गरारा र सलवारको सरसर हावा चल्दछ
फरफर रौँ फहरन्छ हरहर सेंट हुर्रन्छ
जकिन र बुस्शर्टको
टहटह घाम झुल्कन्छ
तर नहोस् यदि लुजफिट ता
फिट लूज ठहरिन्छ !
डिजाइन पनि बडो गजबको-
कुनै खास रूप छैन यसको
स्वयं यो एक डिजाइन भइसक्यो
जसको मोडल अनौठो-
केही फुक्का, केही खुला, केही ढीलाढाला,
हलुको, छरितो, मिसमास रङ्ग, खासा !
एक छेउदेछि शरीरको पल्लो फेदसम्म
मानौँ हबादार लिक खडा छ लूजफिटको चौडा
लूजफिट पेरिस हो वा पेरिस लूजफिटको
परन्तु बनेको छ प्रेमी काठमाडौं लूजफिटको
अब लूजफिट पोशाक होइन, जमाना नै लूजफिटको
शक्तिको संसारमा जस्तो एटमको अधिकार भयो
पोशाकको दुनियाँमा लजफिटको धाक जम्यो लूजफिटको
दुनियाँमा जे देख्छु-सब लूज
सेक्रेटेरियटमा कामको डिजाइन लूजफिट छ
हरएक घरमा देख्छु हिरोइन लूजफिट छ
सभासदहरूको समयको कट लूजफिट छ
युवक युवतीहरूको हिँड्ने ढब लूजफिट छ
नेताजीको भाषणको गति लूजफिट छ
हरएक सङ्घर्षको शर्ट लूजफिट छ
राशनको जग र जमीन लूजफिट छ
सरकारी पोशाकको र्काटङ्ग लूजफिट छ
साँच्चै भनूँ त यो सरकार लूजफिट
गौर गरेर हेर्नुस्- मेरो कविता पनि लूजफिट छ ।
०००
‘प्रगति’ वर्ष ३ अङ्क ४ पूर्णाङ्क १६
छ्याक्कन (२०३५)
Subscribe
Login
0 Comments
Oldest







































