सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन

न सुख शान्ति जनताले पाए माथि पुगेकाहरूनै अघाए एकत्वमा किन भयो विभाजन ? सक्दैन कि के लोकतन्त्र हुर्किन ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

त्यागी सबै राजनेताहरुको
आशा भरोसा कति थे अरुको
भए यी सपना चकनाचुर किन ?
कुरा बुझेकाहरुले खुला भन ।

गए यसै खेर आदर्शका कुरा
हुँदै भएनन् ती कुनैपनि पुरा
आधार खोज्दै जनता जुटे किन?
जसलाई थाहा छ उसले छिटो भन।

उठाउने भोट धेरै खडा भए
विकासका काम कता गए-गए
जाति खलक्को बढवा मिल्यो किन ?
खुलाई मनको कुरा लौ सिधा भन ।

तनाव बढ्दै गयो जात धर्मको
हराउँदै गो भय लाज सर्मको
लुछाचुँडीमात्र सदा हुने किन ?
मान्दै नमान्ने नबुझी कन मन ।

नाताको फेरो भयो एकछत्र
आफ्नो नपर्ने त गए अनेत्र
यस्तै भए आउन सक्छ दुर्दिन
जसलाई थाह छ उसले खुला भन ।

भ्रष्टहरूको विकराल रुप
मिल्यो भने त्यो हुनजान्छ चापचुप
पुग्यो देश आज परचक्रमा किन ?
बाबु तिमीले कुरा यो बुझी भन ।

भाग-भान्छा मिल्दा हुने एकजुट
कुरा नमिल्दा हलमै कुटाकुट
सबै उनै हुन् झगडा हुने किन ?
मान्दै नमान्ने नबुझीकन मन ।

न सुख शान्ति जनताले पाए
माथि पुगेकाहरूनै अघाए
एकत्वमा किन भयो विभाजन ?
सक्दैन कि के लोकतन्त्र हुर्किन ।

बिताउ छिटो अब भोगका दिन
पर्खेर बस्न सकिदैन एकछिन
आउँछ सत्य अब फर्कि कुन दिन ?
जसलाई थाहा छ उसले खुला भन ।

०००
पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका
‘यो कस्को हात हो ?’ बाट साभार)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
पाँच टुक्रा कविता

पाँच टुक्रा कविता

तीर्थराज अधिकारी
यसरी फाल्न त पाइँदैन नि

यसरी फाल्न त पाइँदैन...

तीर्थराज अधिकारी
प्रेस्क्रिप्शन नबुझ्दा

प्रेस्क्रिप्शन नबुझ्दा

तीर्थराज अधिकारी
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’