साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन

न सुख शान्ति जनताले पाए माथि पुगेकाहरूनै अघाए एकत्वमा किन भयो विभाजन ? सक्दैन कि के लोकतन्त्र हुर्किन ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

त्यागी सबै राजनेताहरुको
आशा भरोसा कति थे अरुको
भए यी सपना चकनाचुर किन ?
कुरा बुझेकाहरुले खुला भन ।

गए यसै खेर आदर्शका कुरा
हुँदै भएनन् ती कुनैपनि पुरा
आधार खोज्दै जनता जुटे किन?
जसलाई थाहा छ उसले छिटो भन।

उठाउने भोट धेरै खडा भए
विकासका काम कता गए-गए
जाति खलक्को बढवा मिल्यो किन ?
खुलाई मनको कुरा लौ सिधा भन ।

तनाव बढ्दै गयो जात धर्मको
हराउँदै गो भय लाज सर्मको
लुछाचुँडीमात्र सदा हुने किन ?
मान्दै नमान्ने नबुझी कन मन ।

नाताको फेरो भयो एकछत्र
आफ्नो नपर्ने त गए अनेत्र
यस्तै भए आउन सक्छ दुर्दिन
जसलाई थाह छ उसले खुला भन ।

भ्रष्टहरूको विकराल रुप
मिल्यो भने त्यो हुनजान्छ चापचुप
पुग्यो देश आज परचक्रमा किन ?
बाबु तिमीले कुरा यो बुझी भन ।

भाग-भान्छा मिल्दा हुने एकजुट
कुरा नमिल्दा हलमै कुटाकुट
सबै उनै हुन् झगडा हुने किन ?
मान्दै नमान्ने नबुझीकन मन ।

न सुख शान्ति जनताले पाए
माथि पुगेकाहरूनै अघाए
एकत्वमा किन भयो विभाजन ?
सक्दैन कि के लोकतन्त्र हुर्किन ।

बिताउ छिटो अब भोगका दिन
पर्खेर बस्न सकिदैन एकछिन
आउँछ सत्य अब फर्कि कुन दिन ?
जसलाई थाहा छ उसले खुला भन ।

०००
पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका
‘यो कस्को हात हो ?’ बाट साभार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x