साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिक्त अनुभूति

गरिबी भन्दा अनुभूति तीतो हुँदो रहेछ पुस्तैनी भूमिमा बस्न नसकी बसाईँ सर्छ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
सादा जीवन जिउन मन लाग्छ
उध्रेको वस्त्र सिउन मन लाग्छ
तनमा जलीय तत्व कमी हुँदा
झर्नाको पानी पिउन मन लाग्छ।

२.
सज्जनले नशा लिँदैन, कहिल्यै पनि खाँदैन
शक्तिहीन दशा जानेर कसैले साथै लाँदैन
बुझनेलाई एक इशाराले काम गर्छ साथी !
सुस्त घोडा कशा प्रहार बिना अगाडि जाँदैन।

कशा>(कोर्रा; चाबुक)

३.
निर्धनभै जन्मन्छ, अभावै अभावमा मर्छ
शिक्षा र सामाजिक मामलोमा पछाडि पर्छ
गरिबी भन्दा अनुभूति तीतो हुँदो रहेछ
पुस्तैनी भूमिमा बस्न नसकी बसाईँ सर्छ।

०००
पोखरा १०, हाल- संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
तीर्थराज अधिकारी
तीर्थराज अधिकारी
1 year ago

ख्यालठट्टा, हँस्सीदिल्लगी र ठटेउलो पनका सामग्रीले भरिपूर्ण तथा मूर्धन्य हास्य कलाकार व्यक्तित्वहरुको संलग्नतामा हुर्किएको र विशिष्टताको कसीमा संपादित प्रसिद्ध नेपाली हास्यव्यङ्ग्य अनलाइन पत्रिका “फित्कौली” मा मेरो “तिक्त अनुभूति” शीर्षक मुक्तकहरु प्रकाशित गरिदिनु भएकोमा “फित्कौली” परिवारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
1
0
Would love your thoughts, please comment.x
()
x