तीर्थराज अधिकारीज्येष्ठ नागरिक
आमाको गलामा पोते र तिलहरी रहिरहोस् बुबाको आँखाबाट निरन्तर हर्षाश्रु बहिरहोस् सधैँ सेवा गर्न पाउँ आफ्ना जीवनदाताहरुको घरमै ईश्वरीय निवासको अनुभूति भइरहोस्।

तीर्थराज अधिकारी:
व्यवहार र विषयमा सन्त हुन्
गृहस्थी र सन्यासीका महन्त हुन्
मात्र सद्भाव चाहिन्छ उनलाई
ज्येष्ठ नागरिक असीम-अनन्त हुन्।
००
अविवेक र अनादरको ठाउँ खाली हुन्छ
प्रचलित मूल्य र मान्यताको बहाली हुन्छ
जुन ठाउँमा ज्येष्ठ नागरिकको सम्मान गरिन्छ
त्यहाँको समाजनै अति समृद्धिशाली हुन्छ।
००
आमाको गलामा पोते र तिलहरी रहिरहोस्
बुबाको आँखाबाट निरन्तर हर्षाश्रु बहिरहोस्
सधैँ सेवा गर्न पाउँ आफ्ना जीवनदाताहरुको
घरमै ईश्वरीय निवासको अनुभूति भइरहोस्।
०००
पोखरा- १०, हाल-संयुक्त राज्य अमेरिका।
Subscribe
Login
0 Comments
Oldest







































