साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुत्तरित प्रश्न

“अनि हाम्रा नेताहरू ? यिनीहरू पनि त त्यस्तै हुनुपर्ने हैन र ?” बाबुसँग कुनै उत्तर थिएन । एकटकले घरअगाडिको बाटोमा भुस्याहा कुकुरलाई हेरिरहे।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

जिज्ञासु छोराले बाबुलाई प्रश्नहरू गरिरहेको थियो ।

“बाबा कालीदास को हुन ?”

“कालीदास मन्द बुद्धिका, मूर्ख थिए । धेरै परिश्रम र अध्ययन पछि महाकवि भए । वाल्मीकी ?“

“एक महर्षि तथा संस्कृतका आदिकवि हुन् । उनले महाकाव्य रामायणको रचना गरेका हुन् । ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनलाई रत्नाकर भनेर चिनिन्थे ।”

“अंगुलीमाला ?”

“अंगुलीमाल एक खुङ्खार डाकू थियो । जङ्गलमा रहन्थ्यो । जो कोही पनि त्यस जङ्गलबाट हिँड्थे ऊ उनीहरूलाई बाटोमै लुट्थ्यो र मारेर उनीहरूको एक औंला काटेर मालाको रूप लगाउँथ्यो । यही कारण उसलाई अंगुलीमाला भन्थे । पछि भगवान बुद्धको कारण उसको हृदय परिवर्तन भयो र भगवान बुद्धको शरणमा पर्यो। पछि यही अंगुलीमाला एक ठुला साधु भए ।”

“अनि हाम्रा नेताहरू ? यिनीहरू पनि त त्यस्तै हुनुपर्ने हैन र ?” बाबुसँग कुनै उत्तर थिएन । एकटकले घरअगाडिको बाटोमा भुस्याहा कुकुरलाई हेरिरहे। हिजोको त्यो लुते भुस्याहा कुकुर आज डम्म मोटाएर अरू लुरे कुकुरलाई लखटिरहेको थियो । सायद छोराको प्रश्नको उत्तर त्यही भुस्याहा कुकुरमा कतै खोजिरहेका थिए ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x