साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिल्के, झिल्के र मङ्गलेप्रभृतिमा

झापा दाङ महोत्तरी मुगु कयौँ, जिल्ला र ठाउँ घुम नारा प्यून तयार छैन जनता, गम्भीरताले बुझ । छोड्यौ दर्शन मूल्य त्याग अहिले, व्यापार नीति बढे । सामन्ती मदमत्त भूतगतिले, सिद्धान्त पूरै सडे ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

टोक्ने हिम्मत छैन कुक्कुर भने, बेकार हो भुक्नु ता
जुध्ने हिम्मत छैन डुग्रनु यहाँ, बेकार साँढे गधा ।
ढल्केकी वय अङ्गना जतिसुकै, श्रृङ्गारमा चम्किदा
तन्नेरी मन कल्पिँदैन कहिल्यै, वैलीसकेकी हुँदा ॥

भो — भो गर्जन छोड रित्तिन गयौ, खोक्रो भयौ बादल
वर्षा गर्न सकेन ताल तबला के बज्दछन् मादल ।
मात्रै क्रान्ति पिलाउने मन गरी, दौडी नहिँड्नु अब
खुट्टी देखिसक्यौँ नखोक ढँटुवा, जे-जे तमासा भर ॥

झापा दाङ महोत्तरी मुगु कयौँ, जिल्ला र ठाउँ घुम
नारा प्यून तयार छैन जनता, गम्भीरताले बुझ ।
छोड्यौ दर्शन मूल्य त्याग अहिले, व्यापार नीति बढे ।
सामन्ती मदमत्त भूतगतिले, सिद्धान्त पूरै सडे ॥

त्यस्ता दुष्ट लघार्छ, शिष्ट जनता हेक्का रहोस् है अब ।
कोही मर्न तयार छैन जनता पालो छ तिम्रा अब ॥
चर्का भाषण जादु श्लोगन छर्‍यौ फुस्सा पियौँ मज्जले ।
श्रद्धाभक्ति डढे सड्यौ जति तिमी तिल्के तथा मङ्गले ॥

(दाहाल नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ)

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x