साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तृप्त

खाना खाने समय सासु, सालीहरू र विभिन्न परिकारले घेरिएको ज्वाइँलाई खाना हजम गर्न निकै सकस पर्‍यो । मरेर थाल रित्याएका मात्र के थिए, सालीले कर गरेर फेरि खाना थपिदिईन् ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

उनको धुमधाम स्वागत भयो । नयाँ ज्वाइँ, पञ्चरात बिताउन ससुरालीको बास, सबैबाट घेरिएका थिए । केही समय सञ्चो बिसञ्चोको भलाकुसारी पछि ज्वाइँ ससुराको वार्तालाप सुरु भयो ।

ससुरा, लघुकथाको विज्ञ, ज्वाइँ लघुकथामा नवप्रवेशी । दुवैको गफ खुब जम्यो । मतान्तर थियो त केवल समापनमा ।

खाना खाने समय सासु, सालीहरू र विभिन्न परिकारले घेरिएको ज्वाइँलाई खाना हजम गर्न निकै सकस पर्‍यो । मरेर थाल रित्याएका मात्र के थिए, सालीले कर गरेर फेरि खाना थपिदिईन् । टुलुटुलु ससुराको मुख हेर्न थाले ।
मुस्कुराउँदै ससुराले भने- “अघाएको पेटमा खाना थप्दा र लघुकथाको झड्कादार समापन पछि पुच्छर झुन्डाउँदा कहाँ मिठो हुन्छ त ज्वाइँनारान ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x