साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ डिभोर्स खेलौँ

हो, त्यस बेला फेरि डिभोर्सका कागज च्यातौँला र हामी दुई फेरि सँगै बाँचौँला सँगै नाचौँला आऊ म्यारिज म्यारिज खेलौँ आऊ डिभोर्स डिभोर्स खेलौँ !

Nepal Telecom ad

रामदेव पाण्डे :

आऊ प्रिया एक खेल खेलौँ
हुन्छ प्रिय खेलौँ खेलौँ
विदेश जान
ढाँटेपाटे बिहेबारी खेलौँ
पुगेपछि उता
च्यातौँ कागज बिहेदर्ताको
र लागौँ आआफ्नो बाटो
अनि
आऊ तिमी र म
पारपाचुकेको खेल खेलौँ
दिनभर तिमी र म
आफ्नो आफ्नो बाटो हिँडौँ
राति राति लुकेर भेटौँ
तिर्खा मेटौँ
साहुको होस् कि सहकारीको
रिन तिर्ने बेला
मैले तिमीलाई देखाउँछु
तिमी मलाई देखाउनू
कारण सोधे
छोडपत्रको कागज तेर्स्याउनू
अलि दिनपछि
काण्ड आफैं सेलाउँछ
चर्चा पनि हराउँछ
हो, त्यस बेला फेरि
डिभोर्सका कागज च्यातौँला
र हामी दुई फेरि
सँगै बाँचौँला सँगै नाचौँला
आऊ म्यारिज म्यारिज खेलौँ
आऊ डिभोर्स डिभोर्स खेलौँ !

०००
२०८१/०५/२८
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x