साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार हात पार्ने बाको दाउ

पछि कथम तिम्रो नामकाले पहिलो पुरस्कार पायो भने मलाई दिनु पर्छ, भित्रभित्र यहाँ घरमा आएपछि, मेरा नाममा लेखेकोले पहिलो पुरस्कार पायो भने ता कुरै सकियो नि । लेखेबापत अलिकति थपिदिन्छु दुखसास्ती ।

Nepal Telecom ad

होम सुवेदी :

बा आएको थाहै पाइनछु मैले, बा घरैमा आएर कराए- “हन के हो सर ? तपाइँ पनि ह्वाँ राष्ट्रे प्रतिष्टानबण कविता मागेको छ, लेख्नु पर्दैन ?” भन्दै हकारेपछि पो बा आएको थाहा पाएँ ।
“हैन कविता लेखेर के पाउनु हाउ बा ?” मैले भनेँ ।

“किन पाइन्न ! ह्वाँ पचास हजारा पुरस्कार थापेका रान् । लु तपाइँ लेख नत्र मलाई लेखिदेऊ । ह्याँ पैसोले चोट्टे परेको छ । तो पुरस्कार तिमीलाई र मलाई पर्ने खाले दुइटा कविता लेख तै बरु तै बरु । बेकारमा बसेको छ केकेजाति मोबिलमा हेरेर । लु लेख्न बस अहिल्यै ।”
बाबैको अराई कडो हुन्छ । मैले टाल्न नै सक्तिनँ ।

“लेख्न ता लेख्ने कि बा, तर पुरस्कार पाइने के गिरिन्टी छ र हाउ बा ?” सोधेँ ।
“मेरो जेठो सम्धी छन् राष्ट्र् प्रतिष्ठानमा । उनलाई भनसुन गरेर भए पनि पहिलो र दोस्रो यसपालि हामीलाई पर्ने गरी लेख त अब । पार्ने जिम्मा मेरो भो लु जा ।”

“कति कति रछ पुरस्कारको रकम बा ?” सोधेँ ।
“पचास, तीस, बीस पैलो दोस्रो तेस्रो । तेस्रो मुले कसले लिइरहोस् । पहिलो र दोस्रो हामी लिने हो । लौ बितुर नखाने गरी लेख त । अस्ति ता लेख्या लेख्यै गर्थेउ त ।”

“हैन पहिलो पो तपाइँ कि म हुनु हाउ बा ?” ठट्टा गर्न मन लागेर सोधेँ ।
“अब तपाईं अघिसम्म मतलब नै राख्दैन थियौ । अहिले केको चासो परो नि । पहिलो मलाई हुने गरी लेख, दोस्रो तपाईंलाई हुने गरी लेख । पहिलो पाएँछु भने एक दुई हजार थपिदउँला नि, मेरोबण । आखिरी लेखेको ता तिमीले न हो । हुन्छ कि हुन्न । नहुने हो भने म ता अर्कालाई लेखाउँछु र पुरस्कार जिप्ट्याउँछु । पछि हिस्स बुढी हरिया दाँत होइएला नि !”

“हन अरु पनि छन् र हाउ बा लेखिदिने ?”
“आ थाहा नपाएझैँ नगर न हाउ सर । कुकुरले खाइ नसक्ना छन् । अलिकति घाँस हालिदियो भने तँछाड्मछाड हुन्छ ।”
“उसो भए ता लेख्नु पो पर्छ क्यार !” भने मैले ।
“लेख लेख, छिटो लेख । म कुरा गर्छु सम्धीसँग । भोलि पठाउनु पर्छ ।”
“बरू भन्नू त, कविता केमा लेखौँ ?”
“हैन कविता पनि केमा लेख्नु । कागतमा लेख्नु नि ।” हकारे ।
“मेरो कुरा अर्कै छ । कविता लेख्ने नयाँ नयाँ सटाइल आका छन् कि । त्यो कुन खालकोमा लेखौँ भनेर पो सोध्या त ।”

“ए कुन कुन खालका छन् हाउ सुनम त ।”
“डाली छ । खोरिया छ । उदक छ । बाछिटो छ । हाइकु छ । सेन्यु छ । ताङ्का छ । ओलाक छ । अब कति भनिरहुँ कति कति नि । दिनको एक एक ओटा बनाइरहेका छन् विद्वान्हरुले ।”
“यी कस्ता कस्ता हुन्छन् ?” सोधे ।
“कुनै पाँच अक्षरका, कुनै सात अक्षरका, कुनै सत्र अक्षरका कुनै उनन्तिस अक्षरका ।”

“यस्ता पाँच अक्षरेहरूबाट के भन्न सकौला र अरु अलिक लामो अक्षर हुने कवित्तबाटै लेख । पुरस्कार नपाई भएको छैन । जसरी पनि म सोर्स लगाउँछु । सम्धीको नलागे कसको लाग्छ हाउ लु भन त । आँटे भने मन्त्रीकै पनि लाउँछु ।”

“हो नि हुन त । तर जे पायो त्यही लेखेर पनि भएन होला नि ।”
“अलिक भाँती पारेर लेख न । पुरस्कार दिन छि भन्ने ता हुनु भएन नि । फेरि उनको इज्जत पनि त छ नि । भोलि म आएर सुन्छु । अनि म नै रस्टि गरेर हुलाकवण पठाउँछु । म अहिले गएँ । लु लेख्न बस । म यिँ बसिरहेँ भने डिस्टप होला । भोलि म आएर जाँच्छु र लिएर जान्छु अनि पठाइदिन्छु, हुन्छ ?”
“हुन्छ बा हुन्छ ।” भने र बिदा गरेँ ।

बाबैसँगको सम्वादपछि म घुँडामा कागत राखेर लेखनदासी शैलीमा कविता लेख्न बसेँ । निकै राम्रो लेख्ने मन पनि भो । पहिलो पुरस्कार उनैका नाममा र दोस्रोका लागि मेरै नाममा मिल्ने गरी लेखेँ । र भोलिपल्ट बा कति बेला आउने हुन् भनेर पर्खिन थालेँ ।

बा भोलिपल्ट हस्याङ फस्याङ गर्दै आइपुगे र “कविता कस्तो लेखेऊ ?” भनेर सुनाऊ भन्ने उर्दी गरे । मैले पहिले उनका लागि लेखेको कविता सुनाएँ । अनि मेरा लागि लेखेको सुनाएँ ।
बा कविता सुनेर रनक्क रिसाए ।

“आफ्ना लागि गतिलो लेखेर मेरा लागि कमसल किन लेखेऊ ?” भनेर बाले झन्डै कन्सिरी नच्यातेका । पठाउनु कता छ कता फेदैदेखि पक्षपात । यस्तै छन् र त साहित्ये गर्नेहरू अति आरिसे हुँदा रान् भनेको यसै होइन रछ ।
“नरिसाउनु न हाउ बा ।” थुम्थुम्याएँ । “जुन मन पर्छ त्यही तपाइँको भो लु जा ।” भनेपछि केही बिदो भए ।

“तो तिम्रा लागि भनेर लेखेको मेरो नाममा र मेरा लागि भनेको तिम्रा नाममा पार ।” आदेश भो बाबाट ।
“हाउ बा तपाईकै लागि लेखेको राम्रो छ त !” मैले भनिहेरेँ ।
“उसो भए यसो गरम न त ।” डिठ्ठा बा पो त । कम तर्कमा सिपालु छन् र ।
“कसो गरम बा ?”

“मेरा नाममा लेखेको मेरै होस्, तिम्रा नाममा लेखेको तिम्रै होस् । पछि कथम तिम्रो नामकाले पहिलो पुरस्कार पायो भने मलाई दिनु पर्छ, भित्रभित्र यहाँ घरमा आएपछि, मेरा नाममा लेखेकोले पहिलो पुरस्कार पायो भने ता कुरै सकियो नि । लेखेबापत अलिकति थपिदिन्छु दुखसास्ती । हुन्छ मेरो सर्त मान्ने हो ?”

“लौ हुन्छ बा हुन्छ ।”
“पछि कुरा फेर्न पाउँदैनौ नि । यो कुरा तिम्रा र मेरा बिचमा मात्र रहनु पर्छ नि बुझ्यौ के ?”
“बुझेँ बा ।”
“पछि फेरि बेजत होला नि कुरा खुस्काएर ।”
“के खुस्काउँथे हाउ बा ।”

“ल उसो भए मैले हुलाकबाट आजै पठाएँ है” भन्दै कविता लिएर बा हुलाकतिर लाग्नुभो । पुरस्कार हात पार्ने बाको जुक्ती देखेर मलाई निकै ताजुब लाग्यो । कथम बाको सूत्रले काम गरेछ भने मेरो पनि सानोतिनो काम काटिहाल्थ्यो कि भन्ने सोच्तै म भने घरधन्दामा लागेँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

यी सुवेदी बाजेले हँसाउन पनि कति जानेका हाउ ! कुन ग्रहबाट सिकेर आयौ बाजे यो कला ? मलाई पनि यो सिप सिकाइदेउ न। तिम्रो लेखको पहिलो पुरस्कारको सयौं अंश बराबरको पुरस्कार मै पनि दिउँला।😉

Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x