जगदीश्वर पाेखरेलगजवसित लुटे देशलाई निखारी
लयविलय हुने सृष्टिको चक्र घुम्छ भय अभय मिले सृष्टि सम्पूर्ण झुम्छ अधम जन मिले देश खान्छन् निचोरी गजवसित लुटे देशलाई निखारी ।।

जगदीश्वर पाेखरेल :
उधुम छल गरी लिन्छ सत्ता सदैव
रगत र पसिना लोक पोख्ने छँदैछ
हरित वन डुल्यो मार्न पक्षी सिकारी
गजवसित लुटे देशलाई निखारी ।।१
दनुजसित मिले स्वार्थवादी हुँडार
अनुजसित मिली देश अफ्नो सुधार
अतिशय रिपुको गर्छ सेवा भिखारी
गजवसित लुटे देशलाई निखारी ।।२
विकृति जब पस्यो राष्ट्रलाई पिरोल्छ
गलत जति बढ्यो राष्ट्रवादी छिरोल्छ
खत नियत हुने बस्छ माटो निहारी
गजवसित लुटे देशलाई निखारी ।।३
चयन किन गरे देश ध्वस्तै बनाई
महक सब गुम्यो बस्छ आफैँ गनाई
असुरसित मिली झिक्न थाले कटारी
गजवसित लुटे देशलाई निखारी ।।४
लयविलय हुने सृष्टिको चक्र घुम्छ
भय अभय मिले सृष्टि सम्पूर्ण झुम्छ
अधम जन मिले देश खान्छन् निचोरी
गजवसित लुटे देशलाई निखारी ।।५
०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-विष्णुदेवी आवास, सतुङ्गल
Subscribe
Login
0 Comments
Oldest






































