मनीषकुमार शर्मा ‘समित’दुर्गधो
“खै बुढा विवाहको भएकै ३ दशक नाघिसक्यो कहिले पो बुझ्ने हो तिमीलाई । केहीदिन अघि छोरा बुहारीकोमा बस्न जाने भनेर भुँईमा खुट्टा थिएन तिम्रो । अब अहिले गन्हायो भनेर लुरुलुरु फर्कनु परेको छ ।”

मनीषकुमार शर्मा ‘समित’ :
“लौ बुढी झिटीगुन्टा बाध्न थाल् फर्कनु पर्छ अब ।” हतास आवजमा बुढाले भने ।
“हैन के भन्छन् यी बुढा आएको दुईतीन दिन भएको छैन फर्कने कुरा गर्छन् ।”
लामो समय छोराबुहारीसँगै बिताउने रहरले सहर छिरेका बुढाले दुईतीन रात बिताउन नपाउँदै अचानक फर्कने सोच बनाए । बा-आमाले कुम्लो कुटुरो बाँध्न लागेको देखेर छोरा पनि छक्क पर्दै भन्यो-
“किन र बा आउन पाएको छैन जान हतार ?”
“तेरो घर दुर्गन्धित छ । म टिक्न सक्दिन ।” बुढाले ठाडो जवाफ दिए ।
“दुर्गन्धित… ?” आमा छोरा दुवैको एकसाथ आवाज आयो ।
“हैन के भनेको तिमीले यत्रो महल छ । कोठैपिच्छे अत्तरको सुगन्ध छ । हामीले भित्ता छुँदा नि भित्तामै दाग लाग्ला जस्तो छ । तिम्रा नाक कुहियो कि के हो ? दुर्गन्ध आयो भन्छौ ।”
बुढीले आश्चर्य मान्दै भनिन् ।
“तैँले कुरा बुझ्दिनस बुढी… तँ जाने भए हिँड नत्र म एक्लै फर्कन्छु ।”
सँगै जिउने मर्ने वाचा कसम खाएकी बुढीले बुढाको साथ छाड्न चाहिनन् ।
“खै बुढा विवाहको भएकै ३ दशक नाघिसक्यो कहिले पो बुझ्ने हो तिमीलाई । केहीदिन अघि छोरा बुहारीकोमा बस्न जाने भनेर भुँईमा खुट्टा थिएन तिम्रो । अब अहिले गन्हायो भनेर लुरुलुरु फर्कनु परेको छ ।” बाटोको यात्रामा बुढीले ठुस्कँदै भनिन् ।
चिसमिरो आँखाले हेर्दै बुढाले भने – “यति कुरा बुझ् बुढी जीवनमा मैले धन त कमाइन तर ईज्जत पनि गुमाइन ।”
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































