साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्गधो

“खै बुढा विवाहको भएकै ३ दशक नाघिसक्यो कहिले पो बुझ्ने हो तिमीलाई । केहीदिन अघि छोरा बुहारीकोमा बस्न जाने भनेर भुँईमा खुट्टा थिएन तिम्रो । अब अहिले गन्हायो भनेर लुरुलुरु फर्कनु परेको छ ।”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“लौ बुढी झिटीगुन्टा बाध्न थाल् फर्कनु पर्छ अब ।” हतास आवजमा बुढाले भने ।

“हैन के भन्छन् यी बुढा आएको दुईतीन दिन भएको छैन फर्कने कुरा गर्छन् ।”

लामो समय छोराबुहारीसँगै बिताउने रहरले सहर छिरेका बुढाले दुईतीन रात बिताउन नपाउँदै अचानक फर्कने सोच बनाए । बा-आमाले कुम्लो कुटुरो बाँध्न लागेको देखेर छोरा पनि छक्क पर्दै भन्यो-

“किन र बा आउन पाएको छैन जान हतार ?”

“तेरो घर दुर्गन्धित छ । म टिक्न सक्दिन ।” बुढाले ठाडो जवाफ दिए ।

“दुर्गन्धित… ?” आमा छोरा दुवैको एकसाथ आवाज आयो ।

“हैन के भनेको तिमीले यत्रो महल छ । कोठैपिच्छे अत्तरको सुगन्ध छ । हामीले भित्ता छुँदा नि भित्तामै दाग लाग्ला जस्तो छ । तिम्रा नाक कुहियो कि के हो ? दुर्गन्ध आयो भन्छौ ।”
बुढीले आश्चर्य मान्दै भनिन् ।

“तैँले कुरा बुझ्दिनस बुढी… तँ जाने भए हिँड नत्र म एक्लै फर्कन्छु ।”

सँगै जिउने मर्ने वाचा कसम खाएकी बुढीले बुढाको साथ छाड्न चाहिनन् ।

“खै बुढा विवाहको भएकै ३ दशक नाघिसक्यो कहिले पो बुझ्ने हो तिमीलाई । केहीदिन अघि छोरा बुहारीकोमा बस्न जाने भनेर भुँईमा खुट्टा थिएन तिम्रो । अब अहिले गन्हायो भनेर लुरुलुरु फर्कनु परेको छ ।” बाटोको यात्रामा बुढीले ठुस्कँदै भनिन् ।

चिसमिरो आँखाले हेर्दै बुढाले भने – “यति कुरा बुझ् बुढी जीवनमा मैले धन त कमाइन तर ईज्जत पनि गुमाइन ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x