साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ एयरगाडा

नयाँ एयर गाडा जहाजको फाइदा उठाउनु होस् आफू पनि आउनु होस् अरूलाई फकाई ल्याउनु होस् । एउटा अन्तिम कुरा सुन्नुस् साफै आफ्नो सुरक्षा गर्नु पर्नेछ आफै ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

खुल्यो ! गज्जबको..
नयाँ एयरगाडा
समुचित सुविधा
उचित छ भाडा

पाल्नु होस् सेवाको
मौका दिनुहोस्
आधुनिक आकर्षक
सुविधा लिनुहोस् ।

एयरपोर्ट आउन हाम्रै
गाडीमा गुड्नु होस्
सपना रंगीन बनाउन
माथिमाथि उड्नु होस् ।

विदेशमा छापिएको नयाँ
सुरक्षा प्रोटोकोल ।
तपाईंको तौल जति भए
गर्दैनौं कुनै झोल ।

ठिक समयमा हुन्छ
हाम्रो जहाज प्रस्थान
अवतरण गरिँदा तर
सम्झनुस् भगवान ।

गर्दैनौँ कतै कुनै छल
मुस्कानसँगै शीतल जल।
तपाईंका गुनासाको
तुरुन्तै निकाल्छौं हल ।

हाम्रो नयाँ एयरगाडाका,
जहाज रङ्गिएका नयाँ ।
सेटिङ सबै नयाँ
फिटिङ पनि नयाँ ।

विमान चालक नयाँ ,
विमान परिचारिका नयाँ
“इन्जिन उमेर पच्चीस”को
बाहेक सबथोक नयाँ ।

नयाँ एयर गाडा जहाजको
फाइदा उठाउनु होस्
आफू पनि आउनु होस्
अरूलाई फकाई ल्याउनु होस् ।

एउटा अन्तिम कुरा सुन्नुस् साफै
आफ्नो सुरक्षा गर्नु पर्नेछ आफै ।

०००
विराटनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bidur Dhungel
Bidur Dhungel
2 years ago

भित्री रूपमा मार्मिक भाव समाहित तर बाहिर भने व्यङ्ग्यको लेपन गरिएको सान्दर्भिक अनि चोटिलो रचना!

Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x