सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उधारो कात्रो

उनले भनिन्, “अब दुई मिटर सेता कपडा ।” साहुले सबै सामान पोको परिदियो । उनले हातमा मुठ्याएर राखेको वृद्धभत्ता साहुको हातमा राखिदिइन् । साहुले पैसा गन्दै भन्यो - “पाँचसय पुगेन नि आमा !”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“के दिऊँ आमा ?” साहुजीले सोधे ।
“आमा मलाई नाना ल्याइदिनु है ।” हिँड्ने बेलामा सानी नातिनीको मीठो तोते बोलीले उनको दिमाग घुम्न थाल्यो ।

“एउटा जामा निकाल्नु न चार वर्षे नानीलाई ।”
पसले साहुले रातो फूलबुट्टे जामा निकाल्दै भन्यो, “अरू ?”
ज्याला मजदुरी गरेर भए पनि आफ्नो गच्छे अनुसार कुनै दुःख हुन दिएकी थिइनन् बा बिनाको टुहुरो छोरोलाई । तर हिँजोआज जोईटिङ्ग्रे भएको थियो ।

“एउटा दौरा-सुरुवालको कपडा” उनले भनिन् ।
फेरि उनको मस्तिष्कमा परिवारको तेस्रो पात्र घुम्न थाल्यो । घरकी बुहारी, सधैँ दास र नोकर जस्तो व्यवहार गर्ने । एक छाक माडको लागि पनि कति पटक निरीह लाचार बन्नुपथ्र्यो ।

“कता टोलाउनु भयो आमा ?” साहुको प्रश्नले उनलाई फेरि वर्तमानमा उभ्याइदियो ।
“एउटा रातो फरिया” फ्याट्ट भनिन् । “अरू केही ?” फेरि साहुले प्रश्न तेर्सायो ।

हिजोआज प्रत्येक रातको सपनामा मरिसकेको लोग्नेले बोलाइरहेको सम्झिन् । “छोरा बुहारीको के भर । भोलिको लागि जोहो गर्नु नै छ ।”

उनले भनिन्, “अब दुई मिटर सेता कपडा ।”
साहुले सबै सामान पोको परिदियो । उनले हातमा मुठ्याएर राखेको वृद्धभत्ता साहुको हातमा राखिदिइन् । साहुले पैसा गन्दै भन्यो – “पाँचसय पुगेन नि आमा !”

निरास आँखाले साहुलाई हेर्दै दबिएको स्वरमा उनले भनिन्, “बाबु यो कात्रोको पैसा चाहिँ बाँकी राखन है ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
तागत…

तागत…

आर.सी. रिजाल
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
आशा

आशा

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x