साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आराम

नाक, कान, घाँटी ठीक्छ दाँतले मकै राम्रै पिस्छ बाथ, कफ अनि पित्त दुखाएका छैनन् आफ्नो चित्त असन्तोषलाई सन्तोषले कस्छ आराम आजकाल मैसँग बस्छ ।

Nepal Telecom ad

हरि कोर्काली :

आराम आजकाल
मैसँग बस्छ
मैसँग खान्छ
मैसँग खेल्छ
मैसँग सुत्छ
मैसँग उठ्छ
मर्निङ वाक पनि
मैसँग कुद्छ
खानपिनमा मुख
अलिअलि कस्छ
आराम आजकाल
मैसँग बस्छ ।

ऐया आत्था केही गर्दैन
यहाँ दुख्यो त्यहाँ दुख्यो केही भन्दैन
खानपिन पनि रुचिले गर्छ
घुमफिर पनि खुसीले गर्छ
अलिअलि पढ्छ
अलिअलि लेख्छ
आँखाले पनि राम्रै देख्छ
कम्मरमा चाहिं पटुकी कस्छ
आराम आजकाल
मैसँग बस्छ ।

आँखामा आँखा परे
मुसुक्क हाँस्छ
सौन्दर्य पान पनि
आँखैले गर्छ
लोभ गर्दैन
राल काढ्दैन
मनमा सन्तोषले
पलेंटी कस्छ
आराम आजकाल
मैसँग बस्छ ।

रिस गर्दैन
राग गर्दैन
ईर्ष्या र डाहाको
छेवै पर्दैन
समयमै सुत्छ
समयमै उठ्छ
छिसिक्क भए
डक्टर कहाँ पुग्छ
गुलियाे, चिल्लो, अमिलो, पिरो
छाड्यो तिनको बन्दैन किरो
पथपरहेजको जुक्ति लिन्छ
चन्चले मनलाई
मनैले कस्छ
आराम आजकाल
मैसँग बस्छ ।

नाक, कान, घाँटी ठीक्छ
दाँतले मकै राम्रै पिस्छ
बाथ, कफ अनि पित्त
दुखाएका छैनन् आफ्नो चित्त
असन्तोषलाई सन्तोषले कस्छ
आराम आजकाल मैसँग बस्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x