गोपीचन्द्र कार्कीराजधानीमा बस
डिब्बा भर्न पाइलै पिच्छे रोकी रोकी मान्छे टिप्छ बस ओर्लनपर्दा ठाउँ न कुठाउँ, कहाँ रोक्छ भन्छ बस हाकिमको गाली भर्याङ ओर्लिएर तलै आएजस्तै कहिलेकाँही यात्री बोल्दा झाेँक पोख्छन् उस्तै ।

गाेपीचन्द्र कार्की :
गुन्द्रुक खाँदे झैँ इँटा चाङ् लगाए झैँ
दुई लाइन बस्नुपर्छ सिधा लठृी झैं
ए आमा पछाडि सर्नुस्, ए बा एता आउनुस्
उता खाली छ अंकल, तपाइँ त्यता सर्नुस्
भुइँ मान्छे म विहान बेलुकै सँधै चढ्छु बस
बस्न कहिल्यै नपाइने, उसको नाम हो बस ।
ए दाजु, ए बैनी, तपाइँको हात माथि लानुस्
पिठमा पिठ मिलाएर दुई लाइन बस्नुस्
जानु सबैलाई पर्छ लौ खालीठाउँ भर्नुस्
धक्का मक्का नगरी जान त ट्याक्सी चढ्नुस् ।
भुइँ मान्छे म विहान बेलुका चढ्छु सधै बस
यस्तै यस्तै भोग्नुपर्छ हरदिन चढेपछि बस ।
ए बा, तपाइँको झोला माथि राख्नुस्
कहाँ टाङ् फट्याएको गोडा जोड्नुहोस्
पछाडि खाली खाली छ तपाइँ उता सर्नुस्
बस्नुस् दुई लाइन, नत्र हिंड्दैन है भन्द्याछु बस
भुइँ मान्छे म बिहान बेलुका सँधै चढ्छु बस
यो हो कथा राजधानी काठमाडौँमा चल्ने बस ।
ड्राइभर दाइले कति जानेका छन् मान्छे खाँद्न
ठाउँ न कुठाउँ झ्याम्म झ्याम्म ब्रेक हान्छन्
गर्भवती महिला चढे प्रसुतिगृह बन्ला भन्ने डर
बसै चढ्ने भैसके मन्त्री चढ्छन् अहिले प्राडो कार
भुइँ मान्छे म विहान बेलुका चढ्छु सँधै बस
तै पनि सोच्दैनन् व्यवस्थित पार्ने कसरी बस ।
डिब्बा भर्न पाइलै पिच्छे रोकी रोकी मान्छे टिप्छ बस
ओर्लनपर्दा ठाउँ न कुठाउँ, कहाँ रोक्छ भन्छ बस
हाकिमको गाली भर्याङ ओर्लिएर तलै आएजस्तै
कहिलेकाँही यात्री बोल्दा झाेँक पोख्छन् उस्तै
भुइँ मान्छे म विहान बेलुका चढ्छु सँधै बस
कहिले मिल्ला मान्छे भएर चढ्न पाइने बस ।
०००
तीनथाना, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































