साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानीमा बस

डिब्बा भर्न पाइलै पिच्छे रोकी रोकी मान्छे टिप्छ बस ओर्लनपर्दा ठाउँ न कुठाउँ, कहाँ रोक्छ भन्छ बस हाकिमको गाली भर्याङ ओर्लिएर तलै आएजस्तै कहिलेकाँही यात्री बोल्दा झाेँक पोख्छन् उस्तै ।

Nepal Telecom ad

गाेपीचन्द्र कार्की :

गुन्द्रुक खाँदे झैँ इँटा चाङ् लगाए झैँ
दुई लाइन बस्नुपर्छ सिधा लठृी झैं
ए आमा पछाडि सर्नुस्, ए बा एता आउनुस्
उता खाली छ अंकल, तपाइँ त्यता सर्नुस्
भुइँ मान्छे म विहान बेलुकै सँधै चढ्छु बस
बस्न कहिल्यै नपाइने, उसको नाम हो बस ।

ए दाजु, ए बैनी, तपाइँको हात माथि लानुस्
पिठमा पिठ मिलाएर दुई लाइन बस्नुस्
जानु सबैलाई पर्छ लौ खालीठाउँ भर्नुस्
धक्का मक्का नगरी जान त ट्याक्सी चढ्नुस् ।
भुइँ मान्छे म विहान बेलुका चढ्छु सधै बस
यस्तै यस्तै भोग्नुपर्छ हरदिन चढेपछि बस ।

ए बा, तपाइँको झोला माथि राख्नुस्
कहाँ टाङ् फट्याएको गोडा जोड्नुहोस्
पछाडि खाली खाली छ तपाइँ उता सर्नुस्
बस्नुस् दुई लाइन, नत्र हिंड्दैन है भन्द्याछु बस
भुइँ मान्छे म बिहान बेलुका सँधै चढ्छु बस
यो हो कथा राजधानी काठमाडौँमा चल्ने बस ।

ड्राइभर दाइले कति जानेका छन् मान्छे खाँद्न
ठाउँ न कुठाउँ झ्याम्म झ्याम्म ब्रेक हान्छन्
गर्भवती महिला चढे प्रसुतिगृह बन्ला भन्ने डर
बसै चढ्ने भैसके मन्त्री चढ्छन् अहिले प्राडो कार
भुइँ मान्छे म विहान बेलुका चढ्छु सँधै बस
तै पनि सोच्दैनन् व्यवस्थित पार्ने कसरी बस ।

डिब्बा भर्न पाइलै पिच्छे रोकी रोकी मान्छे टिप्छ बस
ओर्लनपर्दा ठाउँ न कुठाउँ, कहाँ रोक्छ भन्छ बस
हाकिमको गाली भर्याङ ओर्लिएर तलै आएजस्तै
कहिलेकाँही यात्री बोल्दा झाेँक पोख्छन् उस्तै
भुइँ मान्छे म विहान बेलुका चढ्छु सँधै बस
कहिले मिल्ला मान्छे भएर चढ्न पाइने बस ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x