साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसरी हुन्छ पैसा कमाउँ

अनागरिकलाई नागरिक बनाऊँ नागरिकलाई अनागरिक बनाऊँ भोलि के हुन्छ कसरी थाहा पाऊँ जसरी हुन्छ पैसा कमाऊँ । तलदेखि माथिसम्मै करेली कसाैँ  सरकारी जग्गा स्वाहा पारौँ ।

Nepal Telecom ad

गोपीचन्द्र कार्की :

पैसा कमाउनेको इज्जत हुन्छ
कमाउन नजान्ने हुतिहारा बन्छ
नेपालीलाई शरणार्थी बनाऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

परीक्षार्थीको कापीमा नम्बर थपेर
फेल भएकालाई पास गराएर
आफ्नै हात जगन्नाथ बनाऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

खाल्डो खनौँ, फेरि खाल्डो पुरौँ
लाइसेन्स अब घरघरमा पुर्‍याऊँ
फेल भएकालाई पास गराऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

भन्सार मिलाऊँ सुनको खेती गरौँ
यो काम चाहिँ ठुला नेतामा पारौँ
तीनपुस्तालाई टन्न पुर्‍याऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

हाकिम मिलौँ कारिन्दा मिलौँ
मिलिभगतको संस्कार बसालौँ
सरकारी ढुकुटी स्वाहा बनाऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

अनागरिकलाई नागरिक बनाऊँ
नागरिकलाई अनागरिक बनाऊँ
भोलि के हुन्छ कसरी थाहा पाऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

तलदेखि माथिसम्मै करेली कसाैँ
सरकारी जग्गा स्वाहा पारौँ
भागशान्ती बाँडिचुँडी खाऊँ
जसरी हुन्छ पैसा कमाऊँ ।

०००
तीनथाना, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x