साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दक्ष घुसखोर तैयार पारौँ

भ्रष्टाचारमा सगरमाथा छोइ सकेकै छौँ यसैमा खुरुखुरु पिएचडी उपाधि बाँडौँ अब एउटा अर्को विश्वविद्यालय खोलौँ घुस खाने र खुवाउने दक्ष घुसखोर तैयार पारौँ ।

Nepal Telecom ad

गोपीचन्द्र कार्की :

अब अर्को एउटा विश्वविद्यालय खोलौँ
त्यसमा घुस खाने र खुवाउने विषय पढाऔँ
उत्पादित विद्यार्थी संसारभर मजाले छरौँ
सबैलाई घुस खाने र खुवाउने कला सिकाऔँ

प्रोफेसर चाहिए वाइडवडी छँदैछन्‌
सुनलाई भेप बनाउने हस्ती छन्‌
भन्सारका प्रविधिमा छारो हाल्ने सुनविज्ञ छन्‌
ललिता निवासका कर्मकाण्ड रच्ने महान् हस्ती छन्‌

अदक्ष, दक्ष कामदार पठाएर अव के काम
नेपालमा कलकारखाना खोलेर अब के काम
गाउँघरका बाँझोजग्गा जोतेर कस्ले गर्छ काम
घुसका अगाडि यी सब अब भए वेकाम ।

अब अर्को एउटा विश्वविद्यालय खोलौँ
घुस खाने खुवाउनेमा पिएचडी गराऔँ
अमेरिका जापानले मान्यता दिइसकेको छ
नेपाली घुस खाने खुवाउनेमा विद्वत छ

अब नेपालका दक्ष घुसखोर पठाउँ संसारभर
कालो धनलाई सेतो पार्न गर्ने छुमन्तरका भर
युके पोर्चुगल जर्मनी अमेरिका फ्रान्स जापान
जसजसले माग गर्छन् सम्झाैता गरी पठाउँन

देशमा नैतिक शिक्षा पढाएर काम छैन
यसले देश उँभो लाग्दै लाग्दैन,
भ्रष्टाचारमा सगरमाथा छोइ सकेकै छौँ
यसैमा खुरुखुरु पिएचडी उपाधि बाँडौँ

अब एउटा अर्को विश्वविद्यालय खोलौँ
घुस खाने र खुवाउने दक्ष घुसखोर तैयार पारौँ ।

०००
तीनथाना, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Birendra karki
Birendra karki
1 year ago

वाह वाह वाह

Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x