साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेर्न नसकिने छिमेकी !

हाम्रै नावीमा ऊ गजधम्व बसेको छ गुन्जी र कुटीमा ऊ परेड खेल्छ । फेर्न नसकिने त्यो छिमेकी मुखले मित्रताको बखान गर्छ पाखुरा सुर्कंदै, सधैं हेप्ने गर्छ, फेर्न नसकिने त्यो छिमेकी ।

Nepal Telecom ad

गोपीचन्द्र कार्की :

म पञ्चशील मान्ने
म बुद्धको मन्त्र जप्ने
कसैको दासता नस्वीकार्ने
आफ्नै माटोसँग मुटु जोड्ने
म स्वतन्त्र शान्तिप्रेमी
आफनै धुकधुकीमा रमाउने ।
फेर्न नसकिने त्यो छिमेकी
घेरिएको छ तीनतिर
आली मिच्छ, साँध चोर्छ
बेलाबेला घुक्र्याउँछ
अर्ति उपदेश दिन्छ
कहिले बाटो छेक्छ
अन्नपानी रोकिदिन्छ
कहिले पानी खोलिदिन्छ
डुवाएरै मार्न खोज्छ
हेपाहा त्यो छिमेकी ।
त्यो छिमेकी अहिले
हाम्रै पुर्खाले आर्जेको
लिपुलेक र लिम्पियाधुरातिर
उसको गिद्धे नजर परेको छ
हाम्रै नावीमा ऊ गजधम्व बसेको छ
गुन्जी र कुटीमा ऊ परेड खेल्छ ।
फेर्न नसकिने त्यो छिमेकी
मुखले मित्रताको बखान गर्छ
पाखुरा सुर्कंदै, सधैं हेप्ने गर्छ,
फेर्न नसकिने त्यो छिमेकी ।

०००
तीनथाना, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x