साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनव साहित्य समाजको भानु केन्द्रित काव्यगोष्ठी

अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व र प्रमुख अतिथि वरिष्ठ लोकगायक टङ्क के सी हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार २९ । अभिनव साहित्य समाजले २६९ औँ काव्यगोष्ठी सम्पन्न गरेको छ । यस कार्यक्रममा २११ औँ भानुजयन्ती मनाउँदै लोकसाहित्य विशेष कार्यक्रमसमेत गरिएको थियो ।

भानुभक्तको तस्बिरमा माल्यार्पण तथा पुष्पार्पण गरी सुरु गरिएको कार्यक्रममा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व र प्रमुख अतिथि वरिष्ठ लोकगायक टङ्क के सी हुनुहुन्थ्यो । अतिथिहरूमा बालसाहित्यमा कमल चलाउनुहुने गङ्गा पौडेल कर्माचार्य, पूर्व राजदूत रमेश खनाल, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले असारमा गाइने लोकभाकाका विषयमा बोल्दै पूर्वेली असारे भाकाको लोकगीत, काँठे भाकामा असारे गीत तथा विभिन्न स्थानविशेष असारे लोकगीत गाउनुभएको थियो ।

त्यसैगरी अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले भानुभक्तको विषयमा मन्तव्य राख्दै काँठे भाकामा असारे गीत गाउनुभएको थियो । अतिथि गङ्गा पौडेल कर्माचार्यले अभिनवले समय समयमा विशेष कार्यक्रमहरू राखेर विशिष्ट व्यक्तित्वहरूलाई सम्झेकोमा सराहना गर्नुभयो ।

अर्का अतिथि रमेश खनालले अभिनवमा पहिले आएको तर पछि व्यस्तताका कारण आउन नसकेको भन्दै वास्तवमा सर्जक र सिर्जना जन्माउने थलो अभिनव भएको कुरा बताउनुभयो । कार्यक्रममा वाचित रचनाहरूको समीक्षा गर्दैै वाचित रचनाका केही सर्जकहरूलाई पुरस्कारका लागि मूल्याङ्कन गर्ने कार्य समाजका सचिव परशुराम पराशरले गर्नुभएको थियो ।

कार्यक्रममा ३१ जना सर्जकले रचना वाचन गर्नुभएको थियो । जसमा मधुसूदनप्रसाद घिमिरे, गङ्गाप्रसाद भेट्वाल, दिवाकर न्यौपाने, बद्रीप्रसाद सुवेदी, सुरेशचन्द्र घिमिरे, कविराज घिमिरे, प्रशंसा थापा, आयुषा तिमल्सिना, सुशील आचार्य, भावकेशर बराल, बाजुराम पौडेल, मेनका पोखरेल आर्चाय, वासुदेव पौडेल, सिताराम पोखरेल, श्रीजल नेपाल, शर्मिला तिमल्सिना, शम्भुप्रसाद गजुरेल, सर्वानन्द सरस्वती, भावना न्यौपाने, सरिता दुलाल घिमिरे, वासुदेव ठकुरी, अच्युतप्रसाद चालिसे, शारदा पराजुली, द्वारिका कुइँकेल, परशुराम पराशर लगायतले असारे भाकाका लोकगीत तथा भानुसम्बन्धी कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन समाजकी सहकोषाध्यक्ष शारदा पराजुलीले गर्नुभएको थियो । असारको कार्यक्रम भएको हुनाले असार पन्ध्रको दहीचिउरा खाजा खाइएको थियो ।

०००
– परशुराम परासरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x