साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाँगुनारायणमा भानुभक्तकाे २११ औँ जयन्ती

भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति र वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरे प्रमुख अतिथि रहनुभएको थियाे ।

Nepal Telecom ad

भक्तपुर, २०८१असार २९ । भक्तपुर सुसेली मञ्च तथा झौखेल सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा चा न पा ३ दाहाल गाउँ स्थित बालभूषण आधारभूत विद्यालयमा २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताकासाथ मनाइयो ।

भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति र वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमका अतिथिहरूमा चागुनारायण न पा ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल, चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, दियालो साहित्य सर्गमकी अध्यक्ष शान्ति शर्मा, साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले, बालभूषण आधारभूत विद्यालयका प्र अ रामप्रसाद दाहाल, बयोवृद्ध ९२ वर्षका सूर्यकान्त गेलाल र भक्तपुर बुढ्यौली साहित्यका कविराज घिमिरे अतिथि रहेको उक्त कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष दधिराम गेलालले पाहुनालाई स्वागत गर्नुभएको थियो।

रमेश न्यौपानेले भानुभक्तका बारेमा विभिन्न समयमा लेखिएका रचना र सन्दर्भ प्रस्तुत गर्नुभएको थियो । हरिप्रसाद दाहालको रामायण वाचनसँगै कविता वाचन गर्नुहुने कविहरूमा प्रकाश बस्नेत गफाडी, शिवराम खड्का, पदम दाहाल, श्यामप्रसाद खनाल, तारा गाउँले, जुनु घिमिरे, लालबहादुर भुजेल, अनु श्री आचार्य, कल्पना काफ्ले, शान्ति शर्मा, शान्ति घिमिरे पौडेल, कविराज घिमिरे, इश्वर के सी अलेख, नवराज दाहाल जुझारु, रचना दाहाल, टिकाराम गेलाल, केशव ज्ञावली, सालिकराम दाहाल, सावित्री गेलाल, विश्वनाथ ढुङ्गेल र बि के माकजुले आफ्ना सिर्जना वाचन गर्नुभएको थियोे ।

कार्यक्रममा सत्यमोहन शर्मा, आशिष् गेलाल, बच्चुराम न्यौपाने, डाक्टर सावित्री न्यौपाने कृष्णहरि गेलाल, रुपा दाहाल, शंकरप्रसाद गेलाल, श्रीकृष्ण के सी लगायत स्थानीयबासी पूर्व कर्मचारी र शिक्षकको उपस्थिति थियो ।

कार्यक्रममा चागुनारायण ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शिक्षा र साहित्यको विकासलाई पनि प्राथमिकता दिए समाज सुसंस्कृत र सभ्य बन्दै जाने विचार राख्नुभएको थियो । प्रमुख अतिथि डम्बर घिमिरेले विविध हास्यब्यङ्ग्य सिर्जना वाचन गर्दै भक्तपुर सुसेली मञ्च र झौखेल सामुदायिक सिकाइ केन्द्रले आफूलाई मायाले सम्मान दिएको भन्दै धन्यवाद दिनुभएको थियो ।

आदिकविको तस्बिरमा पुष्प अर्पण र राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रमको अन्त्यमा सिकाइ केन्द्रका सदस्य विद्यालयका प्र अ रामप्रसाद दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अन्त्यमा सभापति रामशरण न्यौपानेले सुसेली र भानुभक्तप्रति समर्पित रचना वाचन गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रम सुसेली मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियो । सम्पूर्ण पाहुनालाई सिकाइ केन्द्रको तर्फबाट भक्तपुरे दही, च्युरा,केरा, चना, जेरी लगायतका परिकार भोजन गराइएको थियो ।

०००
-डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x