साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारायण दाइ, मोनसान्टो र फरियाको टालो

नैराश्यको हाइब्रिड सोचले पेलेपछि बिलाउँदोछ जेठोबुढो । नारायण दाइ, तिमी कागुनो हुनु, कपुरबोट हुनु, पोखरेली हुनु तर आत्महत्याको बीज मोनसान्टो कहिल्यै नहुनू ।

Nepal Telecom ad

संप्रस पौडेल :

सम्हालेर पैतृक घर
सकारेर बाँझिइसकेका बारीहरू
खोज्दै लोकल बहर
च्यातेर आमाको थोत्रो फरिया
पोको पार्दै चिचिन्नाको बीऊ
तिमीले के सिकाइरहेछौ अर्को पुस्तालाई नारायण दाइ ?
भान्साको भित्तोमा
टाँसेर काँक्राको बीऊ
बिजुली गए जाअ‍ोस्
सङ्गालेर दियालो
भरेको छाकका लागि
ढिकी र जाँतोमा
छुट्याएर दिउल
तिमीले कस्तो संस्कार देखाइरहेछौ नारायण दाइ ?
कहिलेकसो सहरको मिडियामा बोल्छौ
र फेरि अर्कोपटक
एन्जाइटी मानसिकताबाट प्रशिक्षित
हिप्नोटाइजको भट्टाबाट उत्पादित
तिम्रो नाकैमुनि प्रक्षेपित साइनाइड
गाउँ छिर्नुअगाडि नै आइलागेपछि वातहरू
चाख्छौ कि चाख्दैनौ नारायण दाइ ?
बुध्दिन्द्रीयको खराबीको उपज पैदा भएको
हेमलकको घुएँत्रो तिम्रो आँगनमा पार्सल बनेर आउँदा
दायाँबायाँ नहेरी
उठाएर स्वाँट्टै पिउँछौ कि पिउँदैनौ नारायण दाइ ?
ए नारायण दाइ,
हजुरआमाजस्तो संग्रह गर्न किन सिकाउँछौ ?
हजुरबाजस्तो आहार किन रूचाउँछौ ?
तिम्रा सङ्गतले युवा टिक्छन् कि टिक्दैनन्
तिम्रा तत्वज्ञानको सूत्र कतै बिक्छन् कि बिक्दैनन् ?
छाड्देऊ यी बकम्फुसे कुरा
ए नारायण दाइ,
कटहर खाइसकेपछि
पोलिखानलाई कोप
खोप्यौ कि खोपेनौ ?
कैलीगाईलाई टुटेधारो लाग्दा
अ‍ोखतिलाई गाँजा
रोप्यौ कि रोपेनौ ?
भनन अझै पनि
सहरसँग गाउँजोड्ने त्यान्द्रो कति खिप्छौ ?
अनि वर्षौँदेखिको डलरे आरोप कति खेप्छौ ?
विद्रोहको ज्वाला
विरोधको हुङ्कार
क्रान्तिको रौद्रता
अनि
नैराश्यको हाइब्रिड सोचले पेलेपछि
बिलाउँदोछ जेठोबुढो ।
नारायण दाइ,
तिमी कागुनो हुनु, कपुरबोट हुनु, पोखरेली हुनु
तर आत्महत्याको बीज मोनसान्टो कहिल्यै नहुनू ।
०००
२०८३ जेठ ३०
मनहरी-५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x