साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभुषण पाउनेमा

सोझासाझालाई सडकमैं पिँधेर देब्रे गोजीमा न्यायाधीश किनेर दाहिने गोजीमा मुद्दा छिनेर आफ्नै भविष्यवेता परियो विभुषण पाउनेमा नाम दरियो ।

Nepal Telecom ad

संप्रस पौडेल :

विभुषण पाउनेमा नाम दरियो
अलिकता महंगो पेट्रोल सुँघेको
बोत्तल पिएर कुर्सीमैँ उँघेको
खरिदार सुब्बा नपाएर हो कि
यसपाला त निकै हेला पार्‍यो
अख्तियारले फेला पार्‍यो ।

केही टुक्रो माटो किनेको न हो
माटो टेक्दा दाग लाग्ला कि भनी
सरकारी गाडीमैं मात्रै हिँडेको न हो
कुन्नी कसको खेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

देशको जोगाउँदै विदेशकै खान्थेँ
सम्मेलनका नाममा विदेशै जान्थेँ
परिवारसाथ सपिङ गरेको न हो
गुरु पर्‍यो कि चेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

नारा लाएको अस्ति न हो
ढुङ्गा हानेको हिजै त हो
पुलिस थानामा रात बसेकै हो
कसको आँखाको छेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

सालोलाई सल्लाहकार बनाकै थिएँ
सालीलाई बारम्बार भनेकै थिएँ
सहेली गाडीमा झण्डा हल्लाउँदैछन्
मेरा भागमा झेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

एक ज्यान दुई जुनी
नेपालमा गरे के छ र नहुनी
एक फोन लाएँ, दुख बेसाएँ
यो ज्यान जिउँदै बैतर्नी तर्‍यो
अख्तियारमा चेलो सर्‍यो ।

मुद्दा हाल्ने अख्तियारै आज
अख्तियारको फेला पर्‍यो
जेरीझैं घुमाउरो नीति बनाइयो
एच टु ओ भनेर मात्रै हुन्छ र
जल र पानीमा त भेद बनाइयो
कोशीका पानी महाकालीमा खनाइयो ।

डुङ्ग गन्हाउँदा अत्तर छर्केको
यही दिनका लागि वर्षौं पर्खेको
वरीष्ठ उपाधि दिन लाइयो
नोकरचाकर, भान्छे मगाइयो ।

सोझासाझालाई सडकमैं पिँधेर
देब्रे गोजीमा न्यायाधीश किनेर
दाहिने गोजीमा मुद्दा छिनेर
आफ्नै भविष्यवेता परियो
विभुषण पाउनेमा नाम दरियो ।

०००
मनहरी-५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x