साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रितले गर्छ चियो किन ?

सुकुमवासी बन्नुपर्दा हाड, मासु, छाला, आन्द्रा, भुँडी सबै मरे ज्युँदै फियो किन ? राहत बाँड्छन् ठुलाठालु आफन्तलाई हेरी जान्दा जान्दै मिश्रितले गर्छ चियो किन ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

पीडा भुल्न भनी उसले रक्सी पियो किन ?
गरिब थियो दुःख सही जीवन जियो किन ?

च्यातिएका लुगाफाटा बटुलबाटुल पारी
चिरा पारी उध्रिएको मन सियो किन ?

तिर्न सक्ने जायजेथा छँदै छैन आफ्नो
जान्दा जान्दै साहूसँग रिन लियो किन ?

सबै बस्छन् महलमा उसको झुप्रो घर
उसैलाई सम्पत्तिले धोखा दियो किन ?

भूकम्पर पहिरोको मारमा पर्ने उही
उही बाढी पीडितमा पर्नु थियो किन ?

सुकुमवासी बन्नुपर्दा हाड, मासु, छाला,
आन्द्रा, भुँडी सबै मरे ज्युँदै फियो किन ?

राहत बाँड्छन् ठुलाठालु आफन्तलाई हेरी
जान्दा जान्दै मिश्रितले गर्छ चियो किन ?

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x