गोपीचन्द्र कार्कीतालावन्दीकाे नेपाल !
सरकार दुधकाे साँछी विराले भनेझैँ म्याउ गर्छ न ताला लाउनेलाई कारवाही गर्छ न ताेडफाेड गर्नेलाई समाउन सक्छ न सार्वजनिक सम्पत्ति मास्नेलाई ।

गाेपीचन्द्र कार्की :
आउ साथी तालावन्दी गराैँ
विश्वविध्यालय चल्न नदिऔँ
चले विध्यार्थी पलायन हुन्नन्
पहिले प्रजातन्त्रवादी जुर्मुराएर उठाेस्
ढाेका ढाेकामा भाेटे ताल्चा लगावस्
त्यसपछि सत्तारुढ पार्टीका विध्यार्थी जागुन्
कहिले प्रतिपक्षका विध्यार्थी लागुन्
पालै पालाे सबै जागुन्।
फलेकै रूखमा झटाराे हान्ने हाे
झारेर फल खाने हाे
तलामाथि तला हैन
तालामाथि ताला थप्दै तालावन्दी गर्ने हाे ।
कहिले विध्यार्थी जागुन्
कहिले प्राध्यापक जागुन्
कहिले कर्मचारी जागुन्
कहिले शिक्षक जागुन्
कहिले व्यापारी लागुन्
कहिले सरकार लागुन्
जाे जागे नि विश्वविध्यालयमा ताला लागुन्
एउटा न एउटा निहुँका बिउ बनाऔँ
जसरी हुन्छ विश्वविध्यालयमा तालावन्दी गर
सबै मिलि खुल्न लागे
सरकारले तालावन्दी लाउनै पर्नेगरी बाल्दियाेस्
सांसदले संसदम तालावन्दी गर्नुपर्छ
उद्याेगपतिले उद्याेगमा
विध्यार्थीले स्कुलमा तालावन्दी गर्नुपर्छ
तब न देश उँभाे लाग्छ ।
स्ववियुका धेरै काम छन्
तालावन्दीले मात्र नपुग्दा
जनताका रगत पसिनाबाट बनेका
झ्याल ढाेका, कम्प्युटर, मेच कुर्सी ताेड्नुपर्छ
मूकदर्शक प्रशासन दङ्ग पर्छ
मिटरव्याजी झैं कमिसन बढेकाे देख्छ।
सरकार दुधकाे साँछी विराले भनेझैँ म्याउ गर्छ
न ताला लाउनेलाई कारवाही गर्छ
न ताेडफाेड गर्नेलाई समाउन सक्छ
न सार्वजनिक सम्पत्ति मास्नेलाई
न समस्या बुझेर हल गर्छ
हाे, बुझ्नु पनि हुन्न
बुझे त विश्वविध्यालय खुल्छ,
पढ्नेले पढ्न पाउँछन्
त्यसैले विद्वतवर्ग तालावन्दी गर्नैपर्छ ।
०००
२०८२ असार १३
तीनथाना, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































