साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा तिम्रो मृदुल ममता

तोते बोली जब जब सुन्यौ भन्न बाबा सिकायौ ताते गर्दै जमिनतलमा हिँड्न आफैं सिकायौ सम्झेँ मैले जननि अहिले छाप तिम्रो झलल्ल के हो आमा कति र कसरी भेद बुझ्दैछु बल्ल ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

माता आमा जननि अनि मा शब्द बोल्दै पुकार्छौँ
देवी दुर्गा अनि भगवती लोकमा एक भेट्छौँ
लाखौं पीडा मरणतकका कष्ट नाघेर आयौ
आमा तिम्रो मृदुल ममता जिन्दगी यो बनायौ ।

कैयौं इच्छा मनभर हुँदा दूर सारेर भाका
भित्रै भित्रै गहन मनमा एक विश्वास खाका
आफ्नै तातो रगतभरले एक डल्लो बनायौ
“आमा तिम्रो मृदुल ममता जिन्दगी यो बनायौ ।”

खाना पानी जति जन थिए अग्रमा ती खुवायौ
धन्दा छिन्दै वर र परका कर्म सारा निभायौ
पीडा भोग्दै अवनितलमा सास फेर्ने बनायौ
“आमा तिम्रो मृदुल ममता जिन्दगी यो बनायौ ।”

बोझा बोक्दै पिठिउँ भरमा दाउरा घाँस पानी
गर्मी वर्षा कहर मनमा छैन पर्वाह धानी
आफ्नै छाती चरचर चिरी दुग्ध धारा पियायौ
“आमा तिम्रो मृदुल ममता जिन्दगी यो बनायौ ।”

को खा को खा कति पटक हो हाम्म खाऊ ल नानी
ज्ञानी बाबू घुटुघुटु पिऊ यत्तिमात्रै त हो नि
आफू भोकै तपनि पहिले गाँस मैमा खुवायौ
“आमा तिम्रो मृदुल ममता जिन्दगी यो बनायौ ।”

तोते बोली जब जब सुन्यौ भन्न बाबा सिकायौ
ताते गर्दै जमिनतलमा हिँड्न आफैं सिकायौ
सम्झेँ मैले जननि अहिले छाप तिम्रो झलल्ल
के हो आमा कति र कसरी भेद बुझ्दैछु बल्ल ।

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x