साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं कसरी मन्त्री हुनु भयो ?

छेपारो बन्न खोइ जान्नु भएकै छैन चाकरी चुपलुसी योग्यता पुगेकै छैन गुट, उपगुट, खोेइ बनाउनु भयो तैपनि तपाईं मन्त्री कसरी बन्नु भयो ?

Nepal Telecom ad

गोपीचन्द्र कार्की :

काण्डै काण्डमा मुछिनु भएको छैन
विवादै विवादमा झेलिनु भएको छैन
अरवौं हसुरेर न करोड चढाउनु भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?

जेल, कालकोठरी भोग्नु भएकै छैन
ठेक्काको रकम जग्गामा हाल्नु भएकै छैन
हत्या, अपहरण, न जिउँदै जलाउनु भयो
तैपनि तपाई‌ं कसरी मन्त्री हुनु भयो ?

धम्की, फिरौती, गुण्डागर्दी गरेकै छैन
मानव बेचविखन, हतियार केही छैन
विचौलिया माफिया, तस्कर न साथी भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?

दिउँसै कर्मचारी थुन्ने कुट्ने गरेकै छैन
ठर्रा खाएर दिँउसै हल्लिनु भएकै छैन
अर्वौँ कुम्ल्याएर न करोडमा छुट्नु भयो
तैपनि तपाइँ कसरी मन्त्री हुनु भयो ?

सहयोगीसँग लहसिनु भएकै छैन
परस्त्रीका पछि पछि लाग्नु भएकै छैन
गाह्रो चढेर न झ्यालबाट छिर्नु भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?

छेपारो बन्न खोइ जान्नु भएकै छैन
चाकरी चुपलुसी योग्यता पुगेकै छैन
गुट, उपगुट, खोइ बनाउनु भयो
तैपनि तपाईं मन्त्री कसरी बन्नु भयो ?

०००
तीनथाना, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x