साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको सडक

अन्न खानै नपाएर अनसन झै बस्न खोजे पानी पिउनै नपाएर ट्राफिककै ठाउँ रोजे कामै गर्न अल्छी गरि बसी खाने ढाडेहरू बाटै सारा बन्द गर्छन् सडकका साँढेहरू ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

बीच बसे साँढेहरू दायाँ बायाँ गाडी रोकी
चालकले देखेपछि माेडिएछन् जिब्रो टाेकी
ट्राफिक नै नहुँदा नि काम दिन्छन् साँढेहरू
सडकमै धर्नादिने हुन् कि तिनै डाढेहरू ।

मानिसलाइ हतार हुन्छ,मिटिङमा जानुपर्छ
घरमै खान नभ्याए नि बाहिर भ्याए खानुपर्छ
गन्तव्यमा पुग्नुपर्छ, बुझ्दैनन् ती पाखेहरू
सडककै बीचतिर तेर्सिदिन्छन् साँढेहरू ।

जनता बुझ्ने फुर्सद छैन, साँढे किन हेरोस् सरकार
आफ्ना पाल्तु जन्तुलाई खुवाउँछन् सबै दरबार
अब सबै दुखलाई हटाउँ भन्थे माडेहरू
तर बाटै बन्द गर्छन्, सडक ढुक्दै साँढेहरू ।

अन्न खानै नपाएर अनसन झै बस्न खोजे
पानी पिउनै नपाएर ट्राफिककै ठाउँ रोजे
कामै गर्न अल्छी गरि बसी खाने ढाडेहरू
बाटै सारा बन्द गर्छन् सडकका साँढेहरू ।

०००
कलङ्की, काठमाण्डाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x