साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीर

समयका हिटलरहरुले नमिठाे ईतिहास काेरेर गएका छन् कहिले बाघ हुँ भन्नेहरु कहिले बिरालाे भएका छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

तीर कहाँ सँधैे एकाेहाेराे जाँदाेरहेछ र ?
तिर त आफैंतिर पनि फर्कँदाे रहेछ नि हजुर !
तीर कहाँ अरुलाई मात्र लाग्दाे रहेछ र?
तीरले त आफैंलाई पनि ताग्दाे रहेछ नि हजुर !
अरुकाे घर जलाउन सल्काइएकाे स्याउला
हावाले आफ्नै घरतिर फर्काउन सक्छ
अरुलाई चिल्ने अरिङ्गालले
आफ्नै बार्दलीमुनि गुँड लगाउन सक्छ
अरुलाई टाेक्ने बहुला कुकुरले
आफैंलाई पनि टाेक्नसक्छ
अरुलाई छाेप्ने पहिराेले
आफ्नै घर पनि बाेक्नसक्छ ।
हिजाे बजारमा चिच्याउँदै हिंड्ने महाेदयहरु
आज माेवाइलले कान छाेपेकाे नाटक गरेर भाग्दैछन्
हिजाे खरानीमा पुरिएका आस्थाका सन्तानहरु
आज खरानी टक्टक्याएर जाग्दैछन्
मलाई बाेल्न दे भन्नेहरु
नबाेली समय टार्दैछन्
हिजो मेराे केही छैन भनेर संसद छिर्नेहरु
संसदभित्रै मायाकाे फूल पार्दैछन्
हिजाे नगदकाे जिन्दगी दिन्छौं भन्नेहरुलाई
आज जिन्दगी उधाराे भएकाे छ
हिजाे अरुलाई टक्टक्याएर छाराे उडाउँनेहरुलाई
आज फर्स्याउन साह्राे भएकाे छ ।
हिजो अरुलाई टुकुचामा गाड्दिन्छु भन्नेहरुलाई
आज अरुहरु टुकुचाकै फाेहर उठाएर
गाली गर्दैछन्
कहाँ टुकुुचा सँधै आफ्नु हितमा बग्छ ?
पारि गाउँमा लागेकाे डढेलाे
वारि गाउँकालाई रमिता हुन्छ
एउटाकाे लागि बेताल पच्चिसी
अर्काका लागि गीता हुन्छ ।
आजकाे सस्ताे लाेकपृयता भाेलि महङ्गाे पर्नसक्छ
आज बूढाहरुलाई गाली गर्ने
भाेलि आफैं बुढ्याैलीमा झर्नसक्छ
समयका हिटलरहरुले नमिठाे ईतिहास काेरेर गएका छन्
कहिले बाघ हुँ भन्नेहरु कहिले बिरालाे भएका छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x